इलाका प्रहरी कार्यालय दमकलाई सवारी साधन सहयोग | Khabarhub Khabarhub

इलाका प्रहरी कार्यालय दमकलाई सवारी साधन सहयोग


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

झापा– गत भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा आगजनीबाट ध्वस्त भएको दमक इलाका प्रहरी कार्यालयलाई चार थान सवारी साधन सहयोग प्रदान गरिएको छ ।

कमल गाउँपालिकाले प्र १–०२–००१ झ ०७३० नम्बरको चार पाङ्ग्रे सवारी साधन दिएको छ भने दमक नगरपालिकाले दुई थान मोटरसाइकल खरिद गरेर दिएको छ । दमक खानेपानी तथा उपभोक्ता समितिले ‘पिकअप भ्यान’ दिएको छ ।

गत भदौ २४ गते दमक इलाका प्रहरी कार्यालयमा प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएको थियो । आगजनीमा कार्यालको तीन तले भवन र सबै सवारी साधन जलेर नष्ट भएको थियो ।

कमल गाउँपालिकाले यसअघि प्रहरी चौकीलाई दिँदै आएको ‘पिकअप भ्यान’ इलाका प्रहरी कार्यालयलाई दिएको हो । दमक नगरपालिकाले दुई थान मोटरसाइकल खरिद गरेर इप्रकालाई दिएको नगरप्रमुख राम थापाले बताए । नगरको शान्ति सुव्यवस्था मिलाउन प्रहरीलाई साधन श्रोतको अभाव भएकाले सवारी साधन जुटाइएको उनको भनाइ छ ।

ध्रुवतारा स्पोर्टिङ क्लव दमकसमेतले इप्रकाको पुनर्निर्माणका लागि एक लाख ५१ हजार सहयोगको घोषणा गरेको छ । इप्रकाको पुनर्निर्माणका लागि समुदायबाट जुट्ने सहयोगलाई व्यवस्थित गर्न नगरप्रमुख राम थापाको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरिएको छ । समितिमा दमकको नगर उद्योग वाणिज्य सङ्घ, रेडक्रस सोसाइटीलगायतको सहभागिता रहेको छ ।

कठिन परिस्थितिमा पनि प्रहरीले शान्ति सुरक्षाको जिम्मेवारी निर्वाह गरिरहेको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राम तिम्सिनाले बताए । आगजनीका कारण मुख्य कार्यालयबाट विस्थापित प्रहरीहरु सब्जी बजारको खाली भवनलगायत बाहिरका विभिन्न संरचनामा आश्रय लिएर सेवा प्रदान गरिरहेको उनले जानकारी दिए ।

समुदायबाट प्रहरी कार्यालयलाई ल्यापटप, फर्निचर, टेबल, कुर्सी, बिजुलीका पङ्खालगायतका सामान सहयोगस्वरुप जुटिरहेको छ । नगरप्रमुख थापाले भने, ‘नगरबासी सङ्घ संस्था र दाताबाट सहयोग जुटाएर प्रहरीलाई आफ्नै भवनमा छिटोभन्दा छिटो सार्ने र शान्ति सुरक्षाको बन्दोबस्त चुस्त बनाउने प्रयासमा छौँ।’ (रासस)

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ६ : ४८ बजे

चितवनको चुम्लिङटारमा ट्रक दुर्घटना, एकजना घाइते

चितवन– पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा ट्रक दुर्घटना

सामाजिक सुरक्षाभत्ता वितरण शिविरबाट ५८२ लाभान्वित

खोटाङ– खोटाङको साकेला गाउँपालिकाले दशैँ, तिहार, नेपाल सम्वत् तथा छठपर्वको

स्पेनिस ला लिगा : गिरोना र इस्प्यान्योलले खेले बराबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा गिरोना र इस्प्यान्योलले बराबरी खेलेका

ट्राफिक व्यवस्थापनमा सघाउँदै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापनका लागि दुई हजार ५०० ट्राफिक

आर्थिक अभावले क्याम्पस सञ्चालन गर्न सकस

बागलुङ– विकट गाउँका विद्यार्थीलाई उच्च शिक्ष प्रदान गर्नका लागि स्थापना