गड्डाचौकी नाकाबाट आउने विदेशी पर्यटक बढ्दै « Khabarhub

गड्डाचौकी नाकाबाट आउने विदेशी पर्यटक बढ्दै


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– छिमेकी मुलुक भारतसँग जोडिएको पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार पछिल्लो दुई वर्षयता विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो समय यो नाका भएर नेपालका विभिन्न सहर घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत नवराज भट्टले जानकारी दिए ।
 
‘दुई वर्षयताको तथ्यांक हेर्दा यो नाकाबाट आउने विदेशी पर्यटकको सङ्ख्या बढेको छ’, उनले भने, ‘यस वर्ष विगतको तुलनामा अझै बढ्ने अनुमान गरेका छौँ ।’

उनका अनुसार सन् २०२२ मा गड्डाचौकी नाका भएर ५४२ जना मात्रै विदेशी पर्यटन आएका थिए । सन २०२३ देखि विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको हो । 

अध्यागमन कार्यालयका अनुसार २०२३ मा गड्डाचौकी नाका भएर ९८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी २०२४ मा नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या बढेको छ । सन् २०२४ मा एक हजार १५४ जना विदेशी पर्यटक यो नाका भएर नेपाल आएका छन् । 

सन् २०२५ को हालसम्म एक हजार १४८ विदेशी पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।
    
गड्डाचौकी नाकाबाट भित्रिने पर्यटक पोखरा, बर्दिया, चितवन, लुम्बिनीलगायत ठाउँ घुम्नका लागि जाने गरेका छन् । यो नाकाबाट फ्रान्स, इटाली, स्पेन, कोरिया, जर्मन, अष्ट्रेलिया, रसिया, युके, युएसए, अर्जेन्टिनालगायत देशका नागरिक आउने गरेको अध्यागमन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ३ : ५१ बजे

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट – बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९

म्यान्मामा सेना समर्थित दल विजय : विपक्षी बहिष्कृत

बैङ्कक – म्यान्माको सेना समर्थित युनियन सोलिडेरिटी एन्ड डेभलपमेन्ट पार्टीले

फुटबल मैदानमा बन्दुकधारीको आक्रमण : ११ जनाको मृत्यु

मेक्सिको – मध्य मेक्सिकोको सालामान्का सहरमा एक फुटबल खेलपछि सशस्त्र

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता