संविधान अनुरूप सरकार सञ्चालन र लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्नुपर्छ : राष्ट्रियसभा उपाध्याक्ष घिमिरे « Khabarhub

संविधान अनुरूप सरकार सञ्चालन र लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्नुपर्छ : राष्ट्रियसभा उपाध्याक्ष घिमिरे


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले मुलुकमा संविधान अनुरू सरकार सञ्चालन गरी लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्नुपर्ने बताएकी छिन् । त्यसका निम्ति संसद्को भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।

छठ पर्व–२०८२ को अवसरमा आज सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको लागि शुभकामना व्यक्त गर्दै उनले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन सबै लाग्नु पर्ने बताएकी छिन् ।

उनले सन्देशमा भनेकी छिन्– ‘वर्तमान अवस्थामा राष्ट्रियसभा एक स्थायी संस्था भएकाले यसले नीति निर्माण, कानून निर्माण र राजनीतिक स्थिरतामा सन्तुलन कायम गर्ने, राष्ट्रिय सहमति निर्माण गर्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन सहयोग पु¥याउने विश्वास म गर्दछु ।’

उपाध्यक्ष घिमिरेले संसदमार्फत जनप्रतिनिधिहरूले आआफ्ना विचार राख्ने, छलफल गर्ने र सहकार्यद्वारा निष्कर्षमा पुग्ने प्रक्रियाले लोकतन्त्रलाई अझ सबल बनाउने तर्क गर्दै संविधानले निर्देश गरेको मार्गअनुसार विधायिका, कार्यपालिका र न्यायपालिकाबीचको सन्तुलन कायम गर्दै राज्य सञ्चालन गर्न आह्वान गरेकी छिन् ।

उनले भनेकी छिन्, ‘यस पर्वको मूल सन्देश नै विभेदमुक्त, न्यायपूर्ण, समतामूलक र सभ्य समाजको निर्माणतर्फ सबैलाई प्रेरित गर्नु हो, छठ पर्वले हामी सबैलाई धार्मिक आस्था मात्र नभई राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा एकता, सहकार्य र जिम्मेवारीका मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ८ : ०० बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण