छठका लागि सजिसजाउ जनकपुरका पोखरी (तस्बिरहरू) « Khabarhub

छठका लागि सजिसजाउ जनकपुरका पोखरी (तस्बिरहरू)


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जनकपुर– छठ पर्वका लागि जनकपुरधाममा रहेको पवित्र तीर्थस्थल तथा पोखरी बेहुली झै सिँगारिएको छ । छठपूजा व्यवस्थापन समितिले झिलिमिली बत्ती जडान गरी छठघाट सिँगारेको छ । 

पोखरीमा छठ पर्व मनाउन आउने श्रद्धालु भक्तजन र व्रतीको सुविधा तथा सुरक्षाका लागि पनि विशेष ध्यान दिएको छ ।

श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा साँस्कृतिक पहिचानका रुपमा मनाइने छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि विधिवत् सुरु भई चार दिनसम्म हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

छठ पर्व सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड हो ।

तराईका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वको विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।

यस पर्वमा चाहिने भाँडाकुँडा वस्तुजातको बन्दोबस्त तराईमा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ ।

महाभारत ग्रन्थका अनुसार द्रौपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरू मिथिलाको विराट राजाका क्षेत्रमा बास बसेको उल्लेख छ ।

लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा आराधना गरिँदैछ । भोलि (मंगलबार) उदाउँदो सूर्यलाई अर्घ दिएर पर्व समापन गरिनेछ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ९ : ४४ बजे

राहत र उद्धारमा छैन माथिदेखि तलैसम्म समन्वय, बालेनले संसद्‍मा सुनाए हुँदै नभएका कुरा

काठमाडौं– रसुवागढी नाकास्थित नेपाल–चीन सीमामा गत बुधबारको भयानक बाढी-पहिरोबारे प्रधानमन्त्री

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित जिल्लामा मोबाइल बिटिएस साइट सञ्चालन

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बाढी प्रभावितलाई राहत सहयोग

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी

‘जलवायु परिवर्तनकै कारण भोटेकोशीमा निम्तियो विनाशकारी बाढी’

यही भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट

रसुवा बाढीपीडित प्रहरी परिवार र विपद् कोषमा आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौं– नेपाल प्रहरीले बाढीमा परी दिवंगत प्रहरी कर्मचारीको परिवारलाई प्रहरी कर्मचारीबाट