पोखराका चार स्थानमा छठपूजा गरिँदै « Khabarhub

पोखराका चार स्थानमा छठपूजा गरिँदै


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कास्की– पर्यटकीय राजधानी पोखरामासमेत छठपर्व धुमधामका साथ मनाउने तयारी गरिएको छ । सूर्य भगवानको उपासना गरिने यस पर्वमा नेपालको तराई तथा मधेशी समुदायका श्रद्धालुहरूका लागि पोखरामै चार प्रमुख स्थानमा छठपूजा गर्ने व्यवस्था गरिएको हो । पेसा र व्यवसायका कारण पोखरामै बसोबास गरिरहेका तराई–मधेशका समुदायका श्रद्धालुहरूले पछिल्ला वर्षमा पोखरामै छठपर्व मनाउँदै आएका छन् ।

पोखराको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनार), नारायणस्थान मन्दिर, सेतीगण्डकी र कालीखोलाको सङ्गमस्थल र कमलपोखरीलाई पूजाका लागि विशेष रूपमा सजाइएको र वरपर सरसफाइ गरिएको  नारायणस्थान मन्दिर पूजा समितिका उपाध्यक्ष विनोद गुप्ताले जानकारी दिए । चारवटै स्थानमा पूजा समिति गठन गरी सामूहिक पूजाको प्रबन्ध गरिएको छ ।

पोखरामै छठपर्व मनाउने भक्तहरूका लागि सहज वातावरण सिर्जना गर्न समिति सरसफाइदेखि आन्तरिक व्यवस्थापनसम्ममा जुटेका हुन् । उनले भने, ‘हामीले विगतदेखि नै पोखरामा छठ पूजाका लागि व्यवस्था गर्दै आएका छन् । पूजाका लागि आफ्नो घर जान असमर्थ भएका र यहीँ बसेर पूजा गर्नुपर्ने बाध्यता भएकाहरूलाई सहज भएको छ । पोखरामा हामीले धूमधामका साथ यसवर्ष पनि छठ मनाउने छौँ  ।’

छठ पूजामा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने र मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिने छ । पूजा स्थलहरूमा फूलमाला, रङ्गीन बत्ती र टेन्ट जडान गरी श्रद्धालुका लागि बस्ने व्यवस्था मिलाइएको उपाध्यक्ष गुप्ताले बताए ।

भद्रकाली छठपूजा समितिका अध्यक्ष तारानन्द शर्माका अनुसार भक्तजनहरूले पञ्चमीका दिन व्रत बस्ने र राति पूजा गर्ने परम्परा रहेको छ । केराको खम्बा, भोगटे, सुन्तला, उखु, अदुवा, लगायतका फलफूलका बोटहरूबाट मण्डप सजाइने र सूर्यदेवलाई भगवानको रूपमा पूजा गरेर मनोकामना पूर्ति हुने विश्वासका साथ वर्त बस्नै गरिएको उनले बताए ।

पोखरामा १० हजारको हाराहारीमा नागरिकले छठपर्व मनाउने गरेको बताइन्छ । पछिल्लो समय तराईसहित पहाडी समुदायमासमेत छठ मनाउने प्रचलन बढेको पाइन्छ । (रासस)

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ११ : २२ बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना