रैथाने ‘अनदी धान’ लोपोन्मुख अवस्थामा « Khabarhub

रैथाने ‘अनदी धान’ लोपोन्मुख अवस्थामा


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– रैथाने धानका जात मध्येकै स्वादिलो र सांस्कृतिक मूल्य बोकेको अनदी धान लोपोन्मुख अवस्थामा पुगेको छ ।

बढी फल्ने वर्णशङ्कर (हाइव्रिड) र उन्नत जातका धानको खेतीलाई किसानले बढावा दिन थालेपछि रैथाने अनदी धान लोपोन्मुख अवस्थामा पुगेको हो । सिमलफाँटाका किसान धनबहादुर चौधरी ढिकीमा कुटेको अनदी धानको च्युराको मिठो स्वाद अझै बिर्सन नसकिने बताउँछन् ।

‘सानो उमेरमा चुलोमा अनदीको धान भुटेर ढिकीमा कुटेर तयार गरिएको च्यूरा खाएको सम्झना अझै ताजा छ,’ उनले भने, ‘अनदीको च्युरा निकै मिठो हुन्थ्यो, स्कुल जादा खल्तीभरी त्यही च्यूरा भरेर खादै पुग्ने गर्दथ्यौँं, ती दिन अब सम्झनामा मात्रै बाँकी रहे ।’ अहिले अनदी धान पाउनै मुस्किल हुन थालेको उनको भनाइ छ ।

बढी उत्पादन दिने हाइब्रिड र उन्नत जातका धानको आकर्षणमा परेर किसानले अहिले अनदी धानको खेती छाडेको उनी बताउँछन् । ‘थारु समुदायमा अटवारी पर्वका बेला भगवानलाई अर्पण गरिने रोटी प्रायः अनदी धानकै चामलबाट बनाइन्थ्यो’ परदेशी डगौराले भने, ‘मिसौला, च्यूरा, रोटी जस्ता परिकारमा यसको प्रयोग हुने गर्दथ्यो, अनदीको चामलको जाँड निकै मिठो हुने भएकाले सबै भन्दा बढी रुचाइन्थ्यो, अब यो धानको बीउ पाउनसमेत मुस्किल भइसक्यो ।’ भात लसिलो र स्वादिलो हुने भएकाले वाफमा पकाएर खाने चलन रहेको उनको भनाइ  छ ।

‘यसको चालमको खीर निकै स्वादिलो हुने भएकाले महिनामा एक पटक बनाइन्थ्यो, परिवारका सबैजना बसेर खान्थ्यौँ’ उनले भने । अहिलेका धानको चामलको खीर अनदीको चामलको जस्तो नहुने गरेको उनको अनुभव छ ।

जोनापुरका किसान रामप्रसाद चौधरीका अनुसार अनदी धान थोरै पानीमा पनि सुख्खा क्षेत्रमा राम्रो उत्पादन दिने जात हो । उनले भने, ‘यो धान हामीले बीउको रूपमा जोगाउन सके, अहिलेको जलवायु परिवर्तनका चुनौतीबीच पनि खेतीका लागि उपयुक्त हुनसक्छ ।’

पहिले अनदी धान कम्तीमा एकदुई क्यारीमा अनिवार्य रूपमा लगाउने गरिन्थ्यो’ किसान रामकिसान रानाले भने, ‘अहिले त हाइब्रिड धानका कारण बीउ नै पाउन गाह्रो भएको छ ।’ उनका अनुसार यो धान किसानले लगाउन छाड्दै जान थालेको झण्डै दशक बढीनै बित्न लागेको छ । अनदीसहित थुप्रै रैथाने प्रजातिका धान हराउँदै गएका छन् । रैथाने प्रजातिका निमै, सिमटारी, राइमनुवा, अञ्जना, मन्सुली, थापाचिनी, चाइना लगायतका थुप्रै धान हराउँदै गएका छन् ।

यी जातहरू माटो, हावापानी र वातावरणसँग अनुकूलित भएकाले उत्पादन स्थिर, स्वादिलो र जैविक दृष्टिले मूल्यवान रहेको किसानहरूको भनाइ छ । कृषि अगुवा पल्टु डगौराका अनुसार, नयाँ धानका जात तयार गर्दा रैथाने धानको प्रयोग गर्न सके उत्पादन बढाउनेसँगै वातावरणीय सहनशिलतामा पनि सुधार ल्याउन सकिन्छ ।

रैथाने जातका धान खडेरी, सुख्खा र डुबानमा पनि हुर्कन सक्ने भएकाले दीगो कृषि प्रणालीका लागि महत्वपूर्ण स्रोतका रुपमा रहने उनले उल्लेख गरे । पछिल्ला वर्षमा बजारमुखी कृषि प्रणाली र उच्च उत्पादनमुखी प्रवृत्तिले मौलिक बीउहरूलाई विस्थापित गरेको कृष्णपुर नगरपालिकाको कृषि शाखाका प्रमुख लालबहादुर धामीले बताए ।

अनदीलगायत रैथाने धानको बीउ खोजी, सङ्कलन गरी किसानलाई पुनः खेती सुरु गर्न उत्प्रेरित गर्नुपर्नेमा उनको जोड रहेको छ । (रासस) 

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ११ : ४५ बजे

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध १६ वटा उजुरी

काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध १६ वटा उजुरी परेका

काभ्रे पुगेर गगनले भने- कसैको शिर झुक्न दिने छैन  

काठमाडौं–  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो कारणले पार्टीका एकजनाको

सर्वोच्चको अवस्थाप्रति बारको सांकेतिक विरोध, मंगलबार  दिउँसो लालटिन बालिने

काठमाडौं– नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा विकसित पछिल्ला घटनाक्रम र

विरोधपछि गैरआवसीय ३६ चिकित्सकको लाइसेन्स खारेज निर्णय स्थगित

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले गैरआवसीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज