दक्षिण चीन सागरमा अमेरिकी नौसेनाका हेलिकोप्टर र लडाकु विमान दुर्घटना « Khabarhub

दक्षिण चीन सागरमा अमेरिकी नौसेनाका हेलिकोप्टर र लडाकु विमान दुर्घटना


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण चीन सागरमा अमेरिकी नौसेनाका लडाकु विमान र हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । आधा घण्टाको अवधिमा लडाकु विमान र हेलिकोप्टर दुर्घटनामा परेको अमेरिकी टेलिभिजन सीएनएनले जनाएको छ ।

अमेरिकी नौसेनाले स्थानीय समयअनुसार दिउँसो पौने तीन बजे एमएच–६० आर शिहक हेलिकोप्टर दुर्घटनामा परेको हो । यो हेलिकोप्टरले अमेरिकी लडाकु विमानवाहक युद्धपोत यूएसएस निमित्जबाट नियमित गस्तीका लागि उडान भरेको जनाइएको छ । हेलिकोप्टरमा सवार चालक दलका तीन सदस्यलाई खोजी टोलीले सकुशल उद्धार गरेको थियो ।

त्यसको ३० मिनेटपछि सोही युद्धपोतबाट उडान भरेको एफ/ए–१८ एफ सुपर होर्नेट विमान पनि दुर्घटनामा परेको हो । यस विमानमा सवार चालक दलका दुई सदस्य पनि बच्न सफल भएका छन् ।

यस वर्ष अमेरिकी नौसेनाले कम्तीमा चार वटा यस्तो लडाकु विमान गुमाइसकेको सीएनएनले उल्लेख गरेको छ ।

पछिल्लो समय दक्षिण चीन सागरमा तनाव बढिरहेका बेला अमेरिकी नौसेनाका हेलिकोप्टर र लडाकु विमान दुर्घटनामा परेको हो । हाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एशिया भ्रमणमा रहेका बेला दक्षिण चीन सागरमा पछिल्लो घटनाक्रम विकास भएको हो ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १२ : २० बजे

एक वर्षमा सात हजार पाँच सय विपद्का घटना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

खैरहनी नगरपालिकाबाट धानको बीउमा ५० प्रतिशत अनुदान

चितवन– चितवनको खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे धानको

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान