‘झापा महिला गोल्डकप’को खेल तालिका सार्वजनिक | Khabarhub Khabarhub

‘झापा महिला गोल्डकप’को खेल तालिका सार्वजनिक


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमक– झापाको शिवसताक्षी नगरपालिकामा यही कात्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुने ‘एलभिडी प्रथम झापा महिला गोल्डकप–२०८२ अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक झापा महिला गोल्डकपले आज खेल तालिका सार्वजनिक गरेको हो । 

आयोजक झापा महिला गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार देशभरिका उत्कृष्ट आठ महिला टोलीको सहभागिता रहने उक्त प्रतियोगिताको उद्‌घाटन खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ ।

दोस्रो खेल कात्तिक १६ गते नेपाल एपिएफ फुटबल क्लब र भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबबीच हुनेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेल कात्तिक १९ गते तथा दोस्रो सेमिफाइनल खेल कात्तिक २० गते हुनेछ । 

प्रतियोगिताका लागि तीन हजार दर्शक क्षमताको पक्की प्यारापिटमा कुर्सी जडानको काम सकिएको छ । यहाँ १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट समेत बनाइएको आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।

शिवसताक्षीस्थित दुधे रङ्गशालामा हुने उक्त प्रतियोगिताको विजेताले रु १० लाख १० हजार, उपविजेताले रु पाँच लाख र सर्वोत्कृष्ट खेलाडीले रु एक लाख ५० हजार पुरस्कार प्रदान गरिने उनले बताए ।

प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ताले जनही रु २५ हजार पुरस्कार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ दी म्याच घोषित हुने खेलाडीलाई रु १५ हजार र ट्रफी प्रदान गरिनेछ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ५ : १० बजे

डीपीको स्पष्टीकरण : रविलाई जेलबाट जबरजस्ती निकालेका थिएनौँ, सरकारकै मान्छेले फोन गरेर लैजानु भनेको प्रमाण छ

भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं– नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। सचिवालयका अनुसार एमालेले

परम्परागत पौभा चित्रकला प्रदर्शनी

काठमाडौं– परम्परागत पौभा चित्रकलाको महत्व दर्साउँदै बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा

उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने

मस्को- उत्तर कोरियाका उच्च कूटनीतिज्ञसँग रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार

गौरीघाटमा अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य (तस्बिरहरू)

काठमाडौं– छठ पूजाको तेस्रो दिन सोमबार अस्ताउँदो सूर्यलाई पूजा आराधना