सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनरमा डीआरजे « Khabarhub

सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनरमा डीआरजे


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डीआरजे नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको आधिकारिक एपरेल (पोसाक) पार्टनर हुने भएको छ। आइतबार सुदूरपश्चिमले टिमको आधारिक एपरेल (पोसाक) पार्टनरको निम्ति डीएआरजेसँग सम्झौता गरेको जनाएको हो।

सम्झौता कार्यक्रममा रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रकाश खड्का र लोकप्रिय नेपाली कपडा ब्रान्ड डीआरजेका मालिक डिल्लीराज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार डीआरजेले सुदूरपश्चिम रोयल्सका लागि जर्सी उपलब्ध गराउने छ।

उक्त कार्यक्रममा सुदूरपश्चिम रोयल्सका सीईओ खड्काले डीआरजेले उच्च गुणस्तरका खेल पोसाक उपलब्ध गराउने र यसले खेलाडीको प्रदर्शन तथा आत्मविश्वासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

‘डीआरजे पछिल्लो समय निकै लोकप्रिय र चर्चित नेपाली कपडा ब्रान्ड हो। खेलाडीहरू र टिम दुवैका लागि उत्कृष्ट र गुणस्तरका खेल पोसाक चाहिन्छ,’ सीइओ खड्काले भने, ‘त्यसैले हामीले डीआरजेसँग सहकार्य गरेका छौँ। यसले सुदूरपश्चिमको पोसाकमा उच्चस्तरको गुणस्तर झल्काउने छ।’

कार्यक्रममा डीआरजेका मालिक जोशीले सुदूरपश्चिमसँग जोडिन पाउनु गौरवको कुरा भएको बताए। ‘सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा आफ्नै माटोसँग जोडिएको अनुभूति भएको छ। पछिल्लो सिजन जस्तै उत्कृष्ट प्रदर्शन यो सिजन उपाधि जित्ने कुरामा विश्वस्त छु,’ जोशीले भने।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ९ : ३७ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको