‘अब सुन्छ अमेरिका’ टुर सकिएपछि एलिनाले भनिन्– कलाकारलाई नोकरझैँ गरियो, कैदीझैँ राखियो « Khabarhub

‘अब सुन्छ अमेरिका’ टुर सकिएपछि एलिनाले भनिन्– कलाकारलाई नोकरझैँ गरियो, कैदीझैँ राखियो


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक कार्यक्रम ′अब सुन्छ अमेरिका’को तीन महिने यात्रा सकिएको छ।

यो यात्रामा सुरुमा गायकद्वय बद्री पंगेनी र प्रताप दास तथा गायिकाद्वय कला लम्साल र एलिना चौहान थिए। अमेरिकाका विभिन्न सहरमा उनीहरुले सामूहिक प्रस्तुती पनि दिइन्।

त्यहीबीचमा कला बिरामी परिन्। उनी बिरामी परेर नेपाल फर्किने समयमा आयोजकसँग राम्रै नोकझोँक पर्यो। सामाजिक सञ्जाल उनीहरुको विवादले भरिए। कला नेपाल आएपछि बद्री, प्रताव र एलिनाले नै ‘अब सुन्छ अमेरिका’ यात्रा पूरा गरे।

सन् २०२५ का अगस्ट, सेप्टेम्बर र अक्टोबर महिनामा अमेरिकाको न्युयोर्क, डालस टेक्सास, अस्टिन, नियाग्राफल्स, बोस्टन, न्यू ह्याम्पशायर, बाल्टिमोर, सिनसिनाटी ओहायो, शिकागो, एक्रोन ओहायो, कोलम्बस ओहायो, कोलोराडो, सन फ्रान्सिस्को आदि ठाउँमा सांगीतिक कार्यक्रम सम्पन्न भएको थियो।

तर, आज सोमबार राति एलिनाले आफ्नो फेसबुकमा यसअघि कलाले लगाएजस्तै आरोप लगाउँदै स्टाटस लेखेकी छन्।

‘जस्तो छ, त्यस्तै भन्छु — यो टुर मेरो लागि ठूलो सिकाइ बन्यो। कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो। कसैले कैदीझैँ महसुस गर्‍यो, कसैले अपमान सहनु प¥यो,’ उनले भनेकी छन्, ‘एउटा कुरा स्पष्ट भन्न चाहन्छु आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन।’

उनले कलाकारले इज्जत, व्यवहार र कदर खोज्ने पनि उल्लेख गरेकी छन्। उनले थप भनेकी छन्, ‘कलाकारले धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्छ। नराम्रा अनुभवले धेरै कुरा सिकायो। अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस्।’

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १० : ३९ बजे

धनुषा–३ मा रास्वपाका झा विजयी

जनकपुर- धनुषा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष

कास्की-२ मा रास्वपाका पौडेल विजयी

गण्डकी- प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय

रास्वपाको आँधीले उडायो संसद्‍मा दोहोरिने प्रदीपको सपना

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर–५ मा नेपाली कांग्रेसका उम्मेदवार, कांग्रेस महामन्त्री

काठमाडौँ-५ मा रास्वपाका पोखरेल विजयी

काठमाडौँ, २३ फागुन : काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा

दैलेख-१ मा कांग्रेसकी बासना थापा विजयी

काठमाडौं- दैलेख क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा नेपाली