मधेश प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी « Khabarhub

मधेश प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

पर्सा – मधेश प्रदेशसभा सदस्य विनादेखी शर्माको वीरगञ्ज महानगर–६ स्थित घरमा आज साँझ साढे ५ बजे आगजनी भएको हो । पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले वीरगञ्ज महानगरबाट गएको दुई वटा दमकलको सहायताले आगो निभाइएको जानकारी दिए ।

“प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी भएको सूचना पाउने बित्तिकै वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षण बिक्रम सुवेदीको कमाण्डमा गएको टोली र स्थानीयको सहयोगमा आधा घण्टाभित्रै आगो निभाइएको छ”, उनले भने, “आगजनीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । सो विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।”

सूचना अधिकारी बस्नेतले आगजनीबाट कुनै मानवीय र चौपायामा क्षति नभएको जानकारी दिए ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ११ : १३ बजे

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

दुई सिडिओसहित ८ उपसचिवको सरुवा तथा पदस्थापन

काठमाडौं – गृह मन्त्रालयले आज प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको

राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान

बागमती – आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि

कोशीका जेनजी प्रतिनिधि र हर्क राईबीच छलफल

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र काउन्सिल