हङकङ आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता « Khabarhub

हङकङ आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङको ताई पो क्षेत्रस्थित एक आवासीय क्षेत्रमा भीषण आगलागी हुँदा मृत्यु हुनेको संख्या ४४ पुगेको छ। थुप्रै भवनहरूमा एकसाथ आगो लागेको र धुवाँको मुस्लो उठेको छ। उक्त भवनमा रहेका २७९ जना अझै बेपत्ता रहेको बिबिसीले उल्लेख गरेको छ।

समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले हङकङको वाङ फुक कोर्ट हाउजिङ कम्प्लेक्समा आगलागी भएको जनाएको हो। कम्लेक्सका ८ ब्लकमा कुल २ हजार फ्ल्याट थिए।

हङकङ सरकारका अनुसार बुधबार स्थानीय समयअनुसार २ बजेर ५१ मिनेट जाँदा आगलागी सुरु भएको थियो।

आगलागी नियन्त्रणमा लिगनका लागि हजारौंको संख्यामा अग्निनियन्त्रक खटिएका छन्। पूर्ण रुपमा नियन्त्रणका लागि समय लाग्ने बताइएको छ। उक्त क्षेत्रमा केही व्यक्ति अझै फसेको अनुमान गरिएको छ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ८ : ५३ बजे

आज चैत्र शुक्ल पूर्णिमा, हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजदेखि संसद् अधिवेशन : के छ कार्यसूची ?

काठमाडौँ – गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि

आजदेखि एसइई : पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदै

काठमाडौँ – आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा

अमेरिकी डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर