देशभर चिसो बढ्यो : एक सातामा कति घट्यो तापक्रम ? « Khabarhub

देशभर चिसो बढ्यो : एक सातामा कति घट्यो तापक्रम ?


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर चिसो ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकाको बिहीबार बिहानको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । यसअघि गत बिहीबार काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको थियो । एक सातामै काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसले घटेको हो ।

काठमाडौंको अधिकतम तापक्रम १ डिग्री सेल्सियसले घटेको छ । गत बिहीबार अधिकतम तापक्रम २० दशमलव २ डिग्री सेल्सियस रहेको काठमाडौंको बिहीबार बिहानको तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।

यस्तै जुम्लाको न्यूनतम तापक्रम बिहीबार बिहान माइनस ४ दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ । यसअघि गत बिहीबार जुम्लाको तापक्रम माइनस २ डिग्री थियो ।

गत बिहीबार अधिकतम तापक्रम २७ दशमलव ८ डिग्री तथा न्यूनतम तापक्रम १५ दशमलव ५ डिग्री मापन भएको नेपालगन्जको बिहीबार बिहानको अधिकतम तापक्रम २७ तथा न्यूनतम तापक्रम १२ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ ।

जनकपुरको बिहीबार बिहानको न्यूनतम तापक्रम १४ दशमलव २ डिग्री तथा अधिकतम तापक्रम २९ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । गत बिहीबार जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव ५ डिग्री तथा न्यूनतम तापक्रम १६ डिग्री मापन गरिएको थियो ।

यस्तै विराटनगरको बिहीबार बिहानको न्यूनतम तापक्रम १३ दशमलव २ डिग्री तथा अधिकतम तापक्रम २८ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । यसअघि गत बिहीबार विराटनगरको न्यूनतम तापक्रम १४ दशमलव ६ डिग्री र अधिकतम तापक्रम ३० दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ९ : ५० बजे

ओखलढुङ्गामा आगलागी ५७ लाख बढीको क्षति

ओखलढुङ्गा– जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन क्षेत्रमा

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज

यूएईमा घाइते भएकामध्ये छ नेपाली डिस्चार्ज, एकको अवस्था खतरामुक्त

काठमाडौं- यूएईको राजधानी अबु धाबीस्थित नेपाली राजदूतावासले शुक्रबारको घटनामा घाइते