लुम्बिनीविरुद्ध सुदूरपश्चिमका बिनोदको अर्धशतक « Khabarhub

लुम्बिनीविरुद्ध सुदूरपश्चिमका बिनोदको अर्धशतक


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली प्रिमियर लिग (एनपीएल) सिजन २ को १३ औं खेलमा सुदूरपश्चिम रोयल्सका बिनोद भण्डारीले लुम्बिनी लान्यसविरुद्ध अर्धशतक प्रहार गरेका छन् । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा उनले लुम्बिनी विरुद्ध ३७ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५० रन बनाएका हुन् । यो जारी सिजनको १२ औं अर्धशतक हो । 

जारी सिजनमा शतक प्रहार गर्ने एक मात्रै खेलाडी कर्णाली याक्सका मार्क वाट हुन् । सातौँ खेलमा उनले लुम्बिनी लायन्सविरुद्ध जबाफी ब्याटिङ गर्ने क्रममा ४४ बलमा अविजित ११४ रन बनाए । उनी यो सिजनको सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् । 

सिजनमा व्यक्तिगत तेस्रो अर्धशतक प्रहार गर्ने खेलाडी चितवनका रवि बोपारा हुन् । उनको नाममा सिजनको तेस्रो, आठौं र ११ औं अर्धशतक छ । दोहोरो अर्धशतक प्रहार गर्ने पोखरा एभेन्जर्सका कुशल भुर्तेल र चितवन राइनोजका रवि बोपारा हुन् । 

पोखराका कप्तान कुशलको नाममा छटौं र १० औं अर्धशतक छ । छटौं खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध कुशलले एनपीएलको १० औं अर्धशतक प्रहार गर्न ३२ बलमा ५३ रन जोडे । 

एनपीएलको तेस्रो खेलको जबाफी ब्याटिङका क्रममा भुर्तेलले विराटनगरविरुद्ध जावाफी ब्याटिङमा उनले ५९ रन जोडेका थिए । यो एनपीएलको छैटौं अर्धशतक हो । 
 
यस सिजनमा पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी जनकपुर बोल्ट्सका आशिफ शेख हुन् । उनले पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध ४१ बलमा ५४ रन जोडेका थिए ।

कर्णालीका प्रियांक पञ्चाल सिजनको दोस्रो अर्धशतक प्रहार गरे । सिजनको दोस्रो खेलमा उनले चितवन राइनोजविरुद्ध ४८ बलमा ९० रन जोडेका थिए । 

सिजनको तेस्रो अर्धशतक चितवनका बोपाराको नाममा छ । कर्णालीविरुद्धको जबाफी ब्याटिङमा उनले ३६ बलमा ५१ रन जोडे । सिजनको दोस्रो खेलको जावाफी ब्याटिङमा उनले अर्धशतक पूरा गरेका हुन् । 

चौथो अर्धशतक विराटनगर किङसका लोकेश बमको नाममा छ । उनले पोखराविरुद्ध सिजनको तेस्रो खेलमा ४८ बलमा ७२ रन जोडेका थिए ।  पाँचौ अर्धशतक पनि विराटनगरकै मार्टिन गुप्टिलको नाममा छ ।

सोही खेलमा उनले ३५ बलमा ६१ रन जोडे । सिजनको छैटौं अर्धशतक पोखराका कप्तान पोखराका कप्तान कुशल भुर्तेलको नाममा छ । 

सुदूरपश्चिम रोयल्सका हर्मित सिंहको नाममा सिजनको सातौ अर्धशतक छ । चौथो खेलमा उनले काठमाडौंविरुद्ध २० बलमा ५३ रन जोडे । आठौं अर्धशतक रवि बोपारको नाममा छ । पाँचौ खेलमा लुम्बिनीविरुद्ध उनले ५५ बलमा ६६ रन जोडेका थिए । 

नवौँ अर्धशतक सुदूरपश्चिमका जोश ब्राउनको नाममा छ । उनले छटौं खेलमा पोखराविरुद्ध ३५ बलमा ६८ रन बनाएका थिए । सिजनको १० औं अर्धशतक पोखराका कुशल भुर्तेलको नाममा छ । छटौं खेलमा उनले सुदूरपश्चिमविरुद्ध अर्धशतक प्रहार गरेका हुन् । 

चितवनका बोपाराले सिजको ११ औं र व्यक्तिगत तेस्रो अर्धशतक जनकपुर किङ्सविरुद्ध हानेका हुन् । यो खेलमा उनले ३८ बलमा ६५ रन जोडे ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  २ : ४२ बजे

बाढीले बगाउँदा एक व्यक्तिको मृत्यु

जनकपुरधाम– महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु

बालेन सत्तामा बोल्न नपाइने शब्द !

काठमाडौँ – यो कार्टुनले लोकतन्त्रमा पनि कसरी अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल

काठमाडौँ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार

धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फर्स्योट

जनकपुरधाम– धनुषा जिल्ला अदालत जनकपुरधामले गत आर्थिक वर्ष (आव) २०८२–८३

गोरखाको १२ किलोमा पहिरो: पेट्रोल पम्पमा क्षति

गोरखा – लगातारको वर्षाका कारण आज बिहान गएको पहिरोले गोरखा