नेकपामा प्रवेश गरिन् तेजाव पीडित मुस्कान, केन्द्रीय सदस्य बनाइँदै « Khabarhub

नेकपामा प्रवेश गरिन् तेजाव पीडित मुस्कान, केन्द्रीय सदस्य बनाइँदै


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तेजाव आक्रमण पीडित मुस्कान खातुनले नेपाली कम्युनिस्ट पार्टीमा राजनीति थालेकी छन् ।

बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित पार्टी एकता घोषणा सभामा खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी हुन् । उनलाई उक्त पार्टीको केन्द्रीय सदस्य बनाउने तयारी नेताहरूले गरेका छन् ।

मुस्कानसहित जसपा संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठलाई पनि नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरूले स्वागत गरे ।

नेकपाका सहसंयोजक माधवकुमार नेपालले मुस्कानलाई खातुनलाई केन्द्रीय सदस्य बनाउने घोषणा गरे ।  खातुन मानव अधिकारकर्मीका रुपमा चर्चित छिन्।

वीरगन्ज महानगरपालिका-३, छपकैयाकी मुस्कानलाई २०७६ भदौ २० गते शुक्रबार स्कुल जाँदै गर्दा गाउँकै केटाहरूले तेजाव प्रहार गरेका थिए।

तेजाव हान्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्ने शमसाद मिया र माजिद आलम दुवै १६ वर्षका स्थानीय हुन्। शमसादले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेको झोंकमा तेजाब हानेका थिए ।

उनको जीउको दाहिने भाग पूरै तेजाबले जलेको थियो। लामो उपचारपछि उनी निको भएर मानवअधिकारकर्मीका रुपमा सक्रिय थिइन् ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ४ : २९ बजे

केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन

काठमाडौँ – फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो

बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट – केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर