पोखराले गुमायो चार विकेट, लगालग ब्याटर बाहिरिए « Khabarhub

पोखराले गुमायो चार विकेट, लगालग ब्याटर बाहिरिए


११ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले लगातार चार विकेट गुमाएको छ ।

खेल १० ओभरको दोस्रो बलमा पुग्दा पोखराले ६४ रन जोड्दै ४ विकेट गुमाएको हो ।

चौथो विकेटका रुपमा जेम्स निशम सस्तैमा आउट भएका हुन् । उनले ३ बलमा १ रन जोडे ।

पहिलो विकेट लिन जनकपुरलाई सकस परेको थियो । ओपनरद्वय दिनेश खरेल र एडम रोसिंगटनले ६१ रनको बलियो साझेदारी गरे । 

८ ओभरको तेस्रो बलमा एडम १७ बलमा ३ चौकाको सहयोगमा २४ रन बनाएर आउट भए । 

त्यसपछि पोखराले लगालग विकेट गुमाएको हो । ८ ओभरकै चौथो बलमा दोस्रो विकेटका रुपमा कुशल भुर्तेल आउट भए । उनले १ बल सामना गर्दा रनको खाता खोल्न सकेनन् । 

९ ओभरको पाँचौँ बलमा ओपर दिनेश खरेल पनि आउट भए । उनले ३८ बलमा ३८ रन जोड्न २ चौका र ३ छक्का प्रहार गरे ।

जनकपुरका सञ्जयको बलमा एडम, कुशल र जिम्स आउट भएका हुन् । अनिश शाहले दिनेशलाई आउट गराएका हुन् । 

८ ओभरसम्म लयमा ब्याटिङ गरेको पोखरा त्यसपछि धर्मराएको छ । ८ ओभरपछिको २ ओभरमा ४ विकेट गुमाएको हो ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ४ : ४५ बजे

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले