पहिलो जित निकाल्न पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य « Khabarhub

पहिलो जित निकाल्न पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा पहिलो जित निकाल्न पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभर ६ विकेट गुमाउँदै १५५ रन बनाएको हो । पोखरा र जनकपुर यसअघिका शतप्रतिशत दुई–दुई खेलमा पराजित छन् । आज दुई मध्ये एक टिमले सिजनको पहिलो जित निकाल्ने छन् ।

यस खेलमा पोखराका सुमीत वर्माले सर्वाधिक ५० रन जोडे । उनले २९ बलमा अविजीत ५० रन जोड्न २ चौका र ४ छक्का प्रहार गरे ।

पोखराका ओपनरद्वय दिनेश खरेल र एडम रोसिंगटन ६१ रनको बलियो साझेदारी गरे । ८ ओभरको तेस्रो बलमा यो साझेदारी जनकपुरका सञ्जय कृष्णमूर्तिले तोडे । 

एडम १७ बलमा २ चौका र ३ छक्काको सहयोगमा २५ रन जोडेर बिदा भए । 

पहिलो विकेटका लागि संघर्ष गरेको जनकपुरले त्यसपछि भने पोखराको लगालग विकेट लिएको थियो । पहिलो विकेट गुमेपछि क्रिजमा आएका पोखराका कप्तान पहिलो बलमै रनको खाता नखोली आउट भए । उनी पनि सञ्जयकै बलको शिकार भए । 

तेस्रो विकेटका रुपमा पोखरका ओपनर दिनेश खरेल पनि अनिश शाहको बलमा आउट भए । उनले ३८ बलमा ३८ रन जोड्न २ चौका र ३ छक्का प्रहार गरे । उनले ९ ओभरको पाँचौँ बलमा आउट भएका हुन् । 

चौथो विकेटका रुपमा आउट भएका जिम्स निशमले ३ बलमा १ रन जोडेर आउट भए । जनकपुरका ललित राजवंशीले डान डाउथवेटको विकेट लिए । उनले ७ रन मात्रै जोडे । 

पोखरका तीर्थराज दासले २८ बलमा २ चौका हान्दै २९ रन जोडे ।

जनकपुरका सञ्जयले ३ विकेट लिए । ललित र अनिशले समान १–१ विकेट लिए । जान निकोल लोफ्टी-इटनले खर्चिलो गरे । उनले १ ओभर बलिङ गर्दा १७ रन खर्चिए भने विकेट लिन सकेनन् ।

ललितले चार ओभर बलिङ गर्दा १ विकेट लिएर ४० रन खर्चिए । किशोरी महतो किफयाती बलर बने । उनले २ ओभर बलिङ गर्दा मात्रै ११ रन खर्चिए ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ५ : २५ बजे

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको