संकटमा जनकपुर, चौथो ओभर पुग्दा पोखराले लियो चौथो विकेट « Khabarhub

संकटमा जनकपुर, चौथो ओभर पुग्दा पोखराले लियो चौथो विकेट


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्धको जनकपुर बोल्ट्सको ब्याटिङ संकटतिर धकेलिएको छ ।

१५६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले ३ ओभरको अन्तिम बलमा ४ विकेट गुमाएको हो । यो टिमले २८ रनको दयनीय अवस्थामा छ ।

चौथो विकेटका रुपमा माज सदाकत २० रन जोडेर आउट भए । उनी पोखराका सुमीत वर्माको बलमा क्याच आउट भएका हुन्  ।

तेस्रो विकेटका रुपमा जान निकोल लोफ्टी-इटन ६ बल खेलेर २ रन जोडेर आउट भए । उनी पनि वर्माकै बलमा आउट भएका हुन् । 

जनकपुरका ओपनर आशिफ शेख पहिलो ओभरको तेस्रो बलमा पहिलो विकेट रुपमा डक आउट भएका हुन् । दोस्रो विकेटका रुपमा  शुभ कंशकार ४ रन जोडेर आउट भएका हुन् । उनले २ बलमा एक चौका प्रहार गरे । यी दुवै पोखराका विपीन खत्रीको बलमा आउट भएका हुन् । 

टस हारेर जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले १५६ रनको लक्ष्य पाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ६ : ०७ बजे

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी