ब्याटिङमा सुमीत र बलिङमा विपीन चम्किँदा पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश « Khabarhub

ब्याटिङमा सुमीत र बलिङमा विपीन चम्किँदा पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङमा सुमीत वर्मा र बलिङमा विपीन खत्री चम्कदाँ पोखरा एभेन्जर्सले पहिलो जित हात परेको छ ।

योसँगै पोखराको जितविहीन यात्रामा ब्रेक लागेको छ । पोखराले यसअघिका दुवै खेलमा सुदूरपश्चिम रोयल्यस र विराटनगर किङ्ससँग हारेको थियो ।

साबिक विजेतासमेत रहेको जनकपुरको भने जितविहीन यात्राले निरन्तरता पाएको छ । यो टिमले यसअघिका दुवै खेलमा विराटनगर बोल्ट्स र काठमाडौं गुर्खाजसँग हारेको थियो ।

बिहीबारको दोस्रो र सिजनको १४ औं खेलमा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पोखराले पहिला ब्याटिङ रोजेको थियो । ब्याटिङमा सुमीत वर्मा चम्कदाँ पोखराले जनकपुरलाई १६५ रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको जनकपुर निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै १३० रनमा सीमित बन्दा पोखरा २५ रनले विजयी भएको हो ।

सुमीतले जनकपुरविरुद्ध अविजीत ५० रन जोड्न २९ बलमा २ चौका र ४ छक्का प्रहार गरे । उनी नै टिमको सर्वाधिकत रनकर्ता हुन् ।

पोखराका दिनेश खरेलले ३८, एडम रोसिंगटनले २४, तिर्थराज दाशले २९ रन प्रहार गरे ।

पोखरका ओपनर दिनेश र एडमले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे । पहिलो विकेटका रुपमा एडम ८ ओभरको तेस्रो बलमा आउट भएका हुन् । त्यही ओभरको चौथो बलमा कुशल भुर्तेल डक आउट भएपछि ब्याटिङ सम्हाल्न सुमीत आएका थिए ।

ब्याटिङमा पोखराले ८ ओभरपछिको २ ओभरमा लय गुमाएको थियो । उक्त अवधिमा ३ विकेट गुमायो । १० ओभरपछिको खेलमा सुमीत र तिर्थले ब्याटिङ उकासेपछि पोखरा ६ विकेटका क्षतिमा १५५ रनको बलियो अवस्थामा पुगेको हो ।

जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले ब्याटिङमा लय समात्न सकेन । पहिलो ओभरको तेस्रो बलमा ओपनर आशिफ शेख डक आउट भए । पहिलो ओभरकै पाँचौ बलमा शुभ कंशकार आउट भए ।

सोहीकारण पहिला ओभरदेखि नै जनकपुरको ब्याटिङ धर्मराएको थियो । यो नै आजको हारको मुख्य कारण बन्यो ।

जनकपुरका वेन पर्नेले अर्धशतक प्रहार गर्दै टिमबाट सर्वाधिक रन जोडे । उनी ३८ बलमा ५० रन जोडेर रिटायर्ड आउट भए । उनैको ब्याटिङले जनकपुले सम्मानजक हारको अवस्था पाएको हो ।

८ ओभरको दोस्रो बलमा छटौं विकेट गएपछि क्रिज गएका उनले अर्धशतक प्रहार गर्दा पनि टिमलाई लगातारको हारबाट जोगाउन सकेनन् । पहिला नै ब्याटिङमा लय गुमेपछि यो अवस्था आएको हो ।

सञ्जय कृष्णमूर्तिले २५ रन जोडे । उनले २० बलमा २ चौका र १ छक्का प्रहार गरे । ओपनर माज सदाकत २० बलमा १४ रन जोडे । ललित राजवंशीले १० रन जोडे । अन्यले दोहोरो रन बनाउन सकेनन् ।

बलिङमा पोखराका विपीन खत्री चम्किए । उनले आशिफ शेख, अनिश शाह, शुभ कंशाकरसहितका महत्तवपूर्ण सुरुवाती क्रमका ब्याटरलाई आउट गर्दै चार विकेट लिए । उनैले जनकपुरको ब्याटिङ धरासायी बनाएका हुन् । उनले चार ओभर बलिङ गर्दा मात्र १५ रन दिए ।

सुमीतको बलिङ पनि आजको खेलमा चल्यो । उनले ओपनर माज सदाकत र सुरुवाती क्रममा ब्याटर जान निकोल लोफ्टी-इटनको विकेट लिए ।

कुशल भुर्तेल र जेम्स निशमले समान १–१ विकेट लिए ।

आकाश चन्द पोखराका खर्चिला बलर बने । उनले १ ओभर बलिङ गर्दा १२ रन खर्चिए ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ७ : २० बजे

समूह ‘ए : जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका, अर्को खेलमा मेक्सिको र कोरिया भिड्ने

काठमाडौं – चेक रिपलब्लिक र दक्षिण अफ्रिका दुबैले समूह ‘ए’को

नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगर प्रमुखलाई आग्रह

ललितपुर – ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनलाई दुई कार्यकालको अनुभवका आधारमा

अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै (तस्बिरहरू)

काठमाडौं – विशेष अदालतले व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई

वैदेशिक रोजगारीमा हुने ठगी रोक्न विभागको सक्रियता : आजमात्रै २९ जाहेरी दर्ता, ९ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण र श्रमिकका

गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम

नुवाकोट – नुवाकोटको किस्पाङ गाउँपालिकाको वार्षिक कार्यक्रमअन्र्गत आयोजित लोकनृत्य प्रतियोगितामा