तीन केन्द्रीय सदस्यसहित १० नेता नेकपा छाडेर प्रगतिशील लोकतान्त्रिकतिर « Khabarhub

तीन केन्द्रीय सदस्यसहित १० नेता नेकपा छाडेर प्रगतिशील लोकतान्त्रिकतिर


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंपुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टीका १० जना नेताहरू जनार्दन शर्मा प्रभाकरको पहलमा स्थापित प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन्।

बुधबार संयुक्त वक्तव्य जारी गरेर उनीहरूले बिहीबारदेखि औपचारिक रूपमा नयाँ दलमा प्रवेश गरेको घोषणा गरेका हुन्।

यसरी प्रगतिशील लोकतान्त्रिक रोज्नेमा केन्द्रीय सदस्य वामदेव क्षेत्री, गोविन्द केसी र किस्मत विकलगायतका छन्।

प्रदेश तथा स्थानीय तहका जिम्मेवारी सम्हाल्दै आएका नेताहरूले पनि सामूहिक रूपमा नेकपा छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी रोजेका हुन्।

पार्टी त्याग गर्ने सूचीमा यज्ञ पोखेल (प्रदेश कार्यालय प्रमुख सचिव), कृष्ण भण्डारी (तुम्बीनी प्रदेश सदस्य), भक्त बहादुर पुन ‘जलन’ (लुम्बिनी प्रदेश सदस्य), कृष्ण बञ्जाडे (बुटवल उपमहानगरपालिका नगर सदस्य), प्रकाश कुँवर (लुम्बिनी प्रदेश कमिटी सिफारिस), अनुप पोखेल (लुम्बिनी प्रदेश कमिटी सिफारिस) र रुपन्देहीका कर्ण भट्टराई (सदस्य) छन्।

नेताहरूले संयुक्त वक्तव्यमार्फत नयाँ राजनीतिक विकल्पका कारण आफूहरू प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेको जनाएका छन्।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ६ : ३४ बजे

निर्वाचनमा जिम्मेवार भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई उपराष्ट्रपतिको आह्वान

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र

बालबालिकामा पनि हुनसक्छ ‘ग्यास्ट्रिक’

काठमाडौं– सामान्यता ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्दछ

नेपाल यू-२० महिला र युनान युथ टोलीबीच प्रतिस्पर्धा

काठमाडौं– चिनिया नयाँ वर्षको उपलक्ष्यमा नेपालको यू–२० महिला फुटबल टोलीले

क्यानडाको अर्थतन्त्रमा सेवा क्षेत्रको महत्वपूर्ण भूमिका

एजेन्सी– क्यानडाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) नोभेम्बर सन् २०२५

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

मुस्ताङ– भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध बनेको माथिल्लो मुस्ताङ जोड्ने