तीन केन्द्रीय सदस्यसहित १० नेता नेकपा छाडेर प्रगतिशील लोकतान्त्रिकतिर « Khabarhub

तीन केन्द्रीय सदस्यसहित १० नेता नेकपा छाडेर प्रगतिशील लोकतान्त्रिकतिर


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंपुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टीका १० जना नेताहरू जनार्दन शर्मा प्रभाकरको पहलमा स्थापित प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन्।

बुधबार संयुक्त वक्तव्य जारी गरेर उनीहरूले बिहीबारदेखि औपचारिक रूपमा नयाँ दलमा प्रवेश गरेको घोषणा गरेका हुन्।

यसरी प्रगतिशील लोकतान्त्रिक रोज्नेमा केन्द्रीय सदस्य वामदेव क्षेत्री, गोविन्द केसी र किस्मत विकलगायतका छन्।

प्रदेश तथा स्थानीय तहका जिम्मेवारी सम्हाल्दै आएका नेताहरूले पनि सामूहिक रूपमा नेकपा छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी रोजेका हुन्।

पार्टी त्याग गर्ने सूचीमा यज्ञ पोखेल (प्रदेश कार्यालय प्रमुख सचिव), कृष्ण भण्डारी (तुम्बीनी प्रदेश सदस्य), भक्त बहादुर पुन ‘जलन’ (लुम्बिनी प्रदेश सदस्य), कृष्ण बञ्जाडे (बुटवल उपमहानगरपालिका नगर सदस्य), प्रकाश कुँवर (लुम्बिनी प्रदेश कमिटी सिफारिस), अनुप पोखेल (लुम्बिनी प्रदेश कमिटी सिफारिस) र रुपन्देहीका कर्ण भट्टराई (सदस्य) छन्।

नेताहरूले संयुक्त वक्तव्यमार्फत नयाँ राजनीतिक विकल्पका कारण आफूहरू प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेको जनाएका छन्।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ६ : ३४ बजे

एयरपोर्टमा अँगालेर बुद्ध जन्मेको देश नछोड भन्दैमा युवाहरू रोकिँदैनन् : उपसभापति शर्मा

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकमा राजनीतिक स्थिरता र

निर्वाचन सुरक्षाबारे प्रधानमन्त्री कार्कीले लिइन् ब्रिफिङ

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा

भारतले फेर्दैछ केराला राज्यको नाम

काठमाडौं– भारतले केरला राज्यको नाम परिवर्तन गर्ने भएको छ ।

दलका घोषणापत्रमा जनस्वास्थ्य : विज्ञ भन्छन्, ‘मसला पोको पार्न कागज काम लाग्छ’

काठमाडौं- आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न

आजका समाचार : निर्वाचनमा तीन दिन बिदा, सुनसरी रवि-बालेन सँगै, निर्वाचनलाई चीनको ४० लाख डलर अनुदान र फेरि तनावतिर कम्बोडिया-थाइल्याण्ड

निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णयसरकारले प्रतिनिधिसभा निर्वाचनका