सोलुखुम्बुबाट एमालेका सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन « Khabarhub

सोलुखुम्बुबाट एमालेका सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– नेकपा एमालेको आशन्न ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सोलुखुम्बु जिल्ला कमिटीबाट सबै कोटामा प्रतिनिधिहरू सर्वसम्मत चयन भएका छन्।

बिहीबार भएको चयन प्रक्रियाबाट खुला कोटामा बुद्धिकुमार राजभण्डारी र डुफकुमार बाँस्तोला महाधिवेशन प्रतिनिधि बनेका छन् । उत्पीडित कोटाबाट डीबी रानापाल प्रतिनिधि बनेका छन्।

महिला कोटामा कल्पना राई र मोहनकुमारी कार्की चयन भएका छन्। त्यसैगरी ४० वर्षमुनिका युवा कोटाबाट जगनाथ बास्तोला महाधिवेशन प्रतिनिधि भएका छन्।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा जिल्लास्तरमा तयारी तीव्र भएको छ । एमालेले यही मंसिर १३ गते देशभरबाट महाधिवेशन प्रतिनिध चयन गर्दैछ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ७ : ३२ बजे

संघीयता विरोधीलाई मधेशबाट हराउनु पर्छ : सीके राउत

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

नेपालमा होहल्ला, आरोप-प्रत्यारोप मामुली कुरो : बास्कोटा

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले केही दल र तिनका

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर

टाइगर कप भलिबल : पुरुषतर्फ उपाधिका लागि आज गण्डकी र पर्वत भिड्ने

पोखरा– छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व उल्लेख्य वृद्धि

रूपन्देही– आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२–०८३ को