निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह « Khabarhub

निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा सहभागी भई जनताको मत जितेर आफ्ना राजनीतिक मुद्दा सम्बोधन गर्ने प्रक्रियामा आफैँ सहभागी हुन आग्रह गरेकी छन् ।

सार्वभौम नागरिक पार्टीका सभापति गणेशकुमार मण्डल नेतृत्वको एक प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले मुलुक निर्माणमा सबैको सहयोग आवश्यक भएकाले निर्वाचनमा सहभागी हुन आग्रह गरे।

वर्तमान सरकारसँग विभिन्न पक्षका धेरै अपेक्षा भए पनि आफूहरु जेनजी आन्दोलनबाट प्राप्त जनादेशअनुरुप सुशासन र निर्वाचनलाई केन्द्रमा राखेर अघि बढिरहेको उनले बताए ।

सार्वभौम नागरिक पार्टीका सभापति मण्डलले आगामी फागुन २१ को निर्वाचन सहज ढङ्गले गराउन आवश्यक पूर्वाधारको व्यवस्था गर्न आग्रह गरे। प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसमक्ष विभिन्न मागसहित ज्ञापनपत्र पनि बुझाएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ९ : १५ बजे

‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको