गगनले विशेष महाधिवेशनको प्रस्ताव गर्दा देउवाले भने- पार्टी फुट्छ « Khabarhub

गगनले विशेष महाधिवेशनको प्रस्ताव गर्दा देउवाले भने- पार्टी फुट्छ


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसभित्रको विवाद समाधान उन्मुख देखिएको छैन। बिहीबार साँझ सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलमा महामन्त्री गगनकुमार थापाले देउवालाई नै विशेष महाधिवेशन गरेर पार्टी र देशलाई फाइदा पुग्ने काम गर्न भनेका थिए।

‘संस्थापनपक्षले नै नियमित भ्याइँदैन भनेको छ। नियमित गर्नुपर्छ भनेर कुरा गरेकै डेढ महिना पूरा भयो,’ छलफलमा सहभागी एक पदाधिकारीले महामन्त्री थापालाई उदृत गर्दै भने, ‘सभापतिको हितका लागि पनि सभापति आफैँले विशेष महाधिवेशन गराइदिनुभयो भने सभापतिज्यू, देश र सिंगो पार्टीलाई पनि यसले फाइदाजनक हुन्छ, हित हुन्छ। विशेष महाधिवेशन नै गरौँ।’

त्यसपछि देउवाले गगनको प्रस्तावसहितको आग्रहको जवाफ दिएका थिए। ‘देउवा म सरसल्लाह गर्छु।

ती पदाधिकारीले देउवालाई उदृत गर्दै भने, ‘सल्लाह गरौँला। मिलेर अघि बढौँ। विशेष त हुँदैन। पार्टी फुट्छ। पार्टी फुटेको कसरी हेर्नू। मैले हेर्न सक्दिनँ। सहमति गरौँ न।’

आजको छलफलमा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक सभागी थिए।

छलफलमा लेखकले नियमित महाधिवेशनको कार्यतालिका ल्याउने भन्दै एउटा शर्त प्रस्ताव गरे।

‘नियमितको क्यालेन्डर ल्याऔँ। नियमितको क्यालेन्डर आइसकेपछि विशेषको निवेदन फिर्ता गर्न चाहिँ नपर्ने तर, विशेष हुँदैन भन्ने ग्यारेन्टी चाहिँ हुनुपर्छ’ लेखकले बैठकमा भने।

लेखकको प्रस्तावलाई शंका गर्दै दुवै महामन्त्रीले अस्वीकार गरे। महामन्त्री शर्माले नियमितको हुन्छ पनि भन्ने र विशेष नगर्ने ग्यारेन्टी गर्ने भन्ने प्रस्ताव सही नभएको बताए। ‘नियमितको क्यालेन्डर ल्याएर गर्ने महाधिवेशनको टुंगो हुनुप¥यो,’ महामन्त्री शर्माले बैठकमा भने, ‘अब विशेषबाहेक अरु केही हुँदैन।’

नेपाली कांग्रेसको असोज २८ गतेदेखि जारी केन्द्रीय समिति बैठकले नियमित महाधिवेशन गर्ने कि विशेष गर्ने भन्ने टुंगो अझै लगाइसकेको छैन। महामन्त्रीहरु विशेषको पक्षमा छन्। उनीहरूले पार्टीका ५४ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई सम्बोधन गर्न भनिरहेका छन्। तर सभापति देउवासमूहका नेताले भने फागुन २१ को निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने अडान राखिरहेका छन्।

यसै विषयमा सहमती जुटाउन उपसभापति पूर्णबहादुर खड्काले बैठक सार्दै आइरहेका छन्। उनले जहिलेसम्म सहमति हुँदैन त्योबेलासम्म बैठक सारिरहने पनि बाएका छन्।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  १० : १६ बजे

एयरपोर्टमा अँगालेर बुद्ध जन्मेको देश नछोड भन्दैमा युवाहरू रोकिँदैनन् : उपसभापति शर्मा

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकमा राजनीतिक स्थिरता र

निर्वाचन सुरक्षाबारे प्रधानमन्त्री कार्कीले लिइन् ब्रिफिङ

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा

भारतले फेर्दैछ केराला राज्यको नाम

काठमाडौं– भारतले केरला राज्यको नाम परिवर्तन गर्ने भएको छ ।

दलका घोषणापत्रमा जनस्वास्थ्य : विज्ञ भन्छन्, ‘मसला पोको पार्न कागज काम लाग्छ’

काठमाडौं- आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न

आजका समाचार : निर्वाचनमा तीन दिन बिदा, सुनसरी रवि-बालेन सँगै, निर्वाचनलाई चीनको ४० लाख डलर अनुदान र फेरि तनावतिर कम्बोडिया-थाइल्याण्ड

निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णयसरकारले प्रतिनिधिसभा निर्वाचनका