जनपुरलाई हराएपछि पोखराका विपिन भन्छन्ः टिमको मनोबल बढेको छ « Khabarhub

जनपुरलाई हराएपछि पोखराका विपिन भन्छन्ः टिमको मनोबल बढेको छ


११ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोखरा एभेन्जर्सले राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०मा पहिलो जीत दर्ता गराएको छ ।

साविक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले पराजित पराजित गर्दै पोखराले प्रतियोगितामा खाता खोलेको हो । दुई हारपछि पहिलो जीत दर्ता गराएको पोखराले पहिलो दुई अङ्कसमेत जोडेको छ ।

जितपछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखराका खेलाडी विपिन खत्रीले आजको खेलले टिमको मनोबल बढेको बताए । उनले भने, “सुरूआती दुई खेल हार्दा डर लागेको थियो । आज पहिलो जीत निकाल्दा टिमको मनोबल बढेको छ ।”

टिमलाई जिताउन व्यक्तिगत रूपमा ४ विकेट हात पारेका विपिनले आगामी खेलमा पनि सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे । उनले भने, “अझै चार खेल बाँकी छन् । ती खेलहरू जितेर प्लेअफको यात्रामा सुरक्षित हुने हाम्रो लक्ष्य छ ।”

तेस्रो खेलमा पनि पराजित भए पनि जनकपुरका कप्तान अनिल शाह भने अझै प्लेअफमा पुग्नेमा आशावादी छन् ।लगातारको हारले टिमको मनोबल घटेको छ ।उनले भने “अझै चार खेल बाँकी छन्, सबै खेल जितेर प्लेअफ पुग्ने लक्ष्य छ ।”

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  १० : ३६ बजे

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले