यूएईमा समस्यामा परेका विद्यार्थीले विवरण पेस गर्न दूतावासको आग्रह « Khabarhub

यूएईमा समस्यामा परेका विद्यार्थीले विवरण पेस गर्न दूतावासको आग्रह


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अबुधाबी स्थित नेपाली दूतावासले यूएईमा समस्यामा परेका विद्यार्थीहरूलाई १५ दिनभित्र आफ्नो विवरण पेस गर्न आग्रह गरेको छ।

समस्यामा परेका विद्यार्थीहरूको विवरण संकलनका लागि आग्रह भएअनुसार कन्सुलर सेवा विभागले पोर्टल तयार गरेको भन्दै त्यसमा १५ दिनभित्र विवरण पेस गर्न दूतावासले जनाएको छ।

नेपालका केही शैक्षिक परामर्श केन्द्रहरूले यूएईका ‘फ्रि जोन’हरूमा स्थापित तथा संचालित विभिन्न विश्वविद्यालय, कलेज तथा व्यवसायिक तालिम केन्द्रहरूमा नेपाली विद्यार्थीहरू पठाउने गरेको दूतावासको सूचनामा उल्ले छ।

ती शैक्षिक संस्थामध्ये कतिपय मापदण्डअनुरुप सञ्चालन नभएको, विभिन्न विदेशी विश्वविद्यालयसँग आबद्ध भएको भनिएकोमा त्यस्तो नपाइएको, कलेज तथा व्यावसायिक तालिम केन्द्रहरूको आफ्नै भवन नभएको, केही महिना मात्र भाडामा लिएको अपार्टमेन्टमा भौतिक कक्षा सञ्चालन गरी त्यसपछि अनलाइन कक्षा हुने गरेको, प्रतिबद्धताअनुरुप सेवा सुविधा उपलब्ध नगराएको लगायतका गुनासाहरू प्राप्त भैरहेका दूतावासले जनाएको छ।

‘यसरी पीडित भएको भनिएका विद्यार्थीहरूले हाल संयुक्त अरब इमिरेट्समा रहनुभएका वा कोर्स पूरा नगरी नेपाल फर्किएका, प्रतिबद्धताअनुसार यूएईमा रोजागरी नपाएका, कक्षा सञ्चालन नभएका र नेपालका शैक्षिक परामर्श केन्द्र र मापदण्डअनुरुप सञ्चालन नभएका भनिएका संयुक्त अरब इमिरेट्सका विश्वविद्यालय, कलेज तथा व्यवसायिक तालिम केन्द्रहरूको गलत सूचना तथा जानकारीका कारण समस्यामा परेका विद्यार्थीहरूको विवरण संकलनका लागि पोर्टल निर्माण गरिदिन अनुरोध प्राप्त भए बमोजिम परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले पोर्टल तयार गरेको छ,’ दूतावासले भनेको छ।

त्यसरी पीडित भएका विद्यार्थीहरूले सूचनामा दिइएको लिङ्क वा क्यूआर कोडमा विवरण संकलन फारम भरी १५ दिनभित्र पेस गर्न दूतावासले आग्रह गरेको छ। त्यस्तो विवरण कार्यालयको प्रयोजनका लागि मात्र प्रयोग गरिने पनि जनाएको छ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  १० : ४४ बजे

गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु

एजेन्सी– गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा ११ जनाको

निर्वाचन आचारसंहिता कार्यान्वयनमा भोजपुरका सबैपक्ष प्रतिबद्ध

भोजपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

रास्वपाका दर्जनौँ नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश

राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुपुर गाउँपालिका अध्यक्ष पदका प्रत्यासी मुनिलाल

तेस्रो मुलुकका नागरिकलाई छ वर्षपछि खुल्यो जमुनाह नाका

नेपालगञ्ज– जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु भएको

जुम्लामा नौ सय चौहत्तर निर्वाचन प्रहरी छनोट

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि