मधेशकी वनमन्त्री विच्छालाई राप्रपाले गर्‍यो निलम्बन « Khabarhub

मधेशकी वनमन्त्री विच्छालाई राप्रपाले गर्‍यो निलम्बन


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– राप्रपाले पार्टीको निर्देशनविपरीत मधेश प्रदेश सरकारमा सहभागी भएकी मन्त्री कञ्चन बिच्छालाई निलम्बन गर्दै प्रदेश सभाबाट फिर्ता बोलाउने निर्णय गरेको छ।

एमाले नेता सरोज यादवको नेतृत्वमा मधेश सरकार गठन हुने क्रममा पार्टीको निर्णयविपरीत सरकारमा प्रवेश गरेकी बिच्छा हाल वन तथा वातावरण मन्त्री छिन्।

बिहीबार बसेको राप्रपाको केन्द्रीय समितिको बैठकले केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा बिच्छालाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हो।

पार्टी निर्देशन अवज्ञा गर्ने बिच्छालाई मधेश प्रदेश सभा सदस्यबाट फिर्ता बोलाउने निर्णय पनि भएको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ११ : २८ बजे

गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु

एजेन्सी– गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा ११ जनाको

निर्वाचन आचारसंहिता कार्यान्वयनमा भोजपुरका सबैपक्ष प्रतिबद्ध

भोजपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

रास्वपाका दर्जनौँ नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश

राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुपुर गाउँपालिका अध्यक्ष पदका प्रत्यासी मुनिलाल

तेस्रो मुलुकका नागरिकलाई छ वर्षपछि खुल्यो जमुनाह नाका

नेपालगञ्ज– जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु भएको

जुम्लामा नौ सय चौहत्तर निर्वाचन प्रहरी छनोट

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि