आज २०८२ साल पुस १२ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल पुस १२ गते शनिबारको राशिफल


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


870
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार सन् २०२५ डिसेम्बर २७ तारिख । पौष शुक्ल पक्षको सप्तमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । आफन्तले भन्दा बाहिरका व्यक्तिले सम्मान गर्ने योग छ ।

वृष : उत्तरको लामो यात्रामा नजानु राम्रो हुनेछ । विपक्षी साथीको साथ मिल्ने भएकाले सोचेका काम बन्नेछ । शिक्षामा समय बिताउँदा फाइदा हुनेछ । मन शान्त बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

मिथुन : शुभ ग्रहको बहुमत भएकाले दिन राम्रो छ । शिक्षाको लगानीबाट फाइदा हुनेछ । परीक्षा दिएर नतिजाको पर्खाइमा भए सफलता मिल्नेछ । परिवारसँगको रमाइलो घुमघाम तय हुनेछ । प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम छ ।

कर्कट : सञ्चित धन खर्च हुनेछ । साना कुराले मनमा खटपटी बढ्नेछ । व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । बौद्धिक क्षेत्रका साथीसँग प्रतिस्पर्धा गर्नुपर्ने योग छ । स्वास्थ्यमा समस्या हुनसक्छ ।

सिंह : आफन्तले घेराबन्दी गर्ने जोखिम छ । आफ्नो भन्दा पनि अरुको निर्णय मान्नुपर्ने बाध्यता हुनेछ । दाम्पत्य सम्बन्ध भने सुखमय बन्ने योग छ । रोगसँग लड्ने क्षमता बढ्नेछ ।

कन्या : दाजुभाइसँगको कारोबारमा फाइदा हुनेछ । लगानी गर्न हिम्मत गर्नुपर्ने दिन छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : शिक्षाको क्षेत्रमा गरेको प्रयासलाई निरन्तरता दिनुपर्ने आवश्यकता छ । आज काम नबने पनि मिहिनेतको फल प्राप्त हुनेछ । मन शान्त बन्नेछ । शिक्षामा थप श्रम गर्नुपर्ने दिन छ ।

वृश्चिक : साथीभाइसँगको भेटले मन खुसी हुनेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ । सानो कुरामा अल्झिएमा मन अशान्त बन्ने जोखिम छ ।

धनु : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । दैनिक काम भन्दा ठुला योजनाको सुरुवात नगर्नु राम्रो हुनेछ । उपचारमा भए लाभ प्राप्त हुनेछ । परिवारको सल्लाह अनुसार अगाडि बढेमा मनमा शान्ति मिल्नेछ ।

मकर : मनमा कुरा लुकाउने भन्दा साथीसँग साट्नु राम्रो हुनेछ । एकल लगानी भन्दा संयुक्त लगानीबाट फाइदा हुनेछ । प्रियजनबाट धोका हुने जोखिम रहेको छ । मिहिनेतको फल मिल्ने छ ।

कुम्भ : भाग्यले साथ दिनेछ । मनमा शान्ति मिल्नेछ । साथीको सााथमा महत्त्वपूर्ण काम बन्नेछ । स्वास्थ्य र शिक्षाको प्रयास सफल बन्नेछ । बिहान उठेर शिवको भजन सुन्न सकेमा दिन सहज बन्नेछ ।

मीन : दिन राम्रो छ । सोचेका काम बन्नेछन् । बिहानै गणेशको दर्शन गरेमा दिन सहज बन्नेछ । साथीभाइले महत्त्वपूर्ण काममा साथ दिनेछन् । परिवार भित्र सुख र शान्ति मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । 

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ५ : ४० बजे

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।