आज २०८२ साल पुस १२ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल पुस १२ गते शनिबारको राशिफल


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार सन् २०२५ डिसेम्बर २७ तारिख । पौष शुक्ल पक्षको सप्तमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । आफन्तले भन्दा बाहिरका व्यक्तिले सम्मान गर्ने योग छ ।

वृष : उत्तरको लामो यात्रामा नजानु राम्रो हुनेछ । विपक्षी साथीको साथ मिल्ने भएकाले सोचेका काम बन्नेछ । शिक्षामा समय बिताउँदा फाइदा हुनेछ । मन शान्त बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

मिथुन : शुभ ग्रहको बहुमत भएकाले दिन राम्रो छ । शिक्षाको लगानीबाट फाइदा हुनेछ । परीक्षा दिएर नतिजाको पर्खाइमा भए सफलता मिल्नेछ । परिवारसँगको रमाइलो घुमघाम तय हुनेछ । प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम छ ।

कर्कट : सञ्चित धन खर्च हुनेछ । साना कुराले मनमा खटपटी बढ्नेछ । व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । बौद्धिक क्षेत्रका साथीसँग प्रतिस्पर्धा गर्नुपर्ने योग छ । स्वास्थ्यमा समस्या हुनसक्छ ।

सिंह : आफन्तले घेराबन्दी गर्ने जोखिम छ । आफ्नो भन्दा पनि अरुको निर्णय मान्नुपर्ने बाध्यता हुनेछ । दाम्पत्य सम्बन्ध भने सुखमय बन्ने योग छ । रोगसँग लड्ने क्षमता बढ्नेछ ।

कन्या : दाजुभाइसँगको कारोबारमा फाइदा हुनेछ । लगानी गर्न हिम्मत गर्नुपर्ने दिन छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : शिक्षाको क्षेत्रमा गरेको प्रयासलाई निरन्तरता दिनुपर्ने आवश्यकता छ । आज काम नबने पनि मिहिनेतको फल प्राप्त हुनेछ । मन शान्त बन्नेछ । शिक्षामा थप श्रम गर्नुपर्ने दिन छ ।

वृश्चिक : साथीभाइसँगको भेटले मन खुसी हुनेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ । सानो कुरामा अल्झिएमा मन अशान्त बन्ने जोखिम छ ।

धनु : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । दैनिक काम भन्दा ठुला योजनाको सुरुवात नगर्नु राम्रो हुनेछ । उपचारमा भए लाभ प्राप्त हुनेछ । परिवारको सल्लाह अनुसार अगाडि बढेमा मनमा शान्ति मिल्नेछ ।

मकर : मनमा कुरा लुकाउने भन्दा साथीसँग साट्नु राम्रो हुनेछ । एकल लगानी भन्दा संयुक्त लगानीबाट फाइदा हुनेछ । प्रियजनबाट धोका हुने जोखिम रहेको छ । मिहिनेतको फल मिल्ने छ ।

कुम्भ : भाग्यले साथ दिनेछ । मनमा शान्ति मिल्नेछ । साथीको सााथमा महत्त्वपूर्ण काम बन्नेछ । स्वास्थ्य र शिक्षाको प्रयास सफल बन्नेछ । बिहान उठेर शिवको भजन सुन्न सकेमा दिन सहज बन्नेछ ।

मीन : दिन राम्रो छ । सोचेका काम बन्नेछन् । बिहानै गणेशको दर्शन गरेमा दिन सहज बन्नेछ । साथीभाइले महत्त्वपूर्ण काममा साथ दिनेछन् । परिवार भित्र सुख र शान्ति मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । 

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ५ : ४० बजे

ज्येष्ठ नागरिकका लागि स्वास्थ्य केन्द्र सञ्चालन

काठमाडौं– ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै नेपाल ज्येष्ठ नागरिक स्वास्थ्य

प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा उपचार लिने सङ्ख्या बढ्दै

कैलाली– प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा पछिल्लो समय विभिन्न रोगको उपचार

लुम्बिनी प्रदेशसभामा दुई विधेयक पेस

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आइतबार बसेको बैठकमा दुई वटा विधेयक पेस

जीप दुर्घटनामा दुई जनाको मृत्यु, ११ घाइते

गुल्मी– गुल्मीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

पदभार ग्रहण गर्दै महान्यायाधिवक्ता कँडेलले भने- कानुनको सीमाभित्र रहेर काम गर्छु 

काठमाडौं– नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पदभार ग्रहण गरेका छन्