राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल « Khabarhub

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना होइन एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन्।

सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहिन र एजेण्डा विहिनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प तयार हुन्छ भन्नु भ्रम भएको उल्लेख गरे।

आफूलाई नयाँ शक्तिबीच गठबन्धनको प्रयास भइरहेका बेला महासचिव पोखरेलको यस्तो अभिव्यक्ति आएको हो। पोखरेलले पार्टीको इतिहास पुरानो हुने तर नीति र नेतृत्व अद्यावधिक भइरहँदा पार्टीहरु सधैं जीवन्त र सान्दर्भिक हुने बताए। आफ्नो पार्टी यी दुवै कुरामा सधैं अब्बल रहेको उनले उल्लेख गरेका छन्।

‘नेकपा एमाले नेपालका राजनीतिक दलहरु मध्ये नीति र नेतृत्वलाई निरन्तर परिमार्जन गर्दै आएको पार्टी हो’ महासचिव पोखरेलले लेख्नु भएको छ ‘यससँग वर्तमान मात्र होइन भविष्यको नेतृत्व गर्ने स्पष्ट सोच र संकल्प छ। एमालेको यही जीवन्तता र सान्दर्भिकताबाट डराएकाहरु नयाँहरु मिल्नुपर्छ भन्ने कुरा उठाइरहेका छन्’, उनले भनेका छन्।

नयाँका नाममा चर्चामा आएका रबि, बालेन, हर्क साम्पाङ वा कुलमान उनीहरु सबै राज्यसत्तामा कुनै न कुनै हिसाबले परीक्षण भइसकेका पात्र भएको पोखरेलको भनाइ छ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ७ : ५६ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम