मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी « Khabarhub

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद हुने अवसर पाइसकेको व्यक्तिलाई नदोहोर्याउन पार्टी नेतृत्वलाई आगह्र गर्नुभएको छ।

फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेद्वारको नामावली निर्वाचन आयोगमा बुझाउने अन्तिम तयारी भइरहँदा उनले सबै पार्टीले २०४७ सालभन्दा यता एक पटक समानुपातिक वा राष्ट्रियसभा सदस्य भइसकेको व्यक्तिलाई पुन त्यो अवसर नदिन आग्रह गरेका हुन्। मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अधिकारीले एमालेले यस्ता व्यक्तिलाई समानुपातिकको अवसर दिनै नहुने तर्क अघि सारेका हुन्।

‘२०४७ साल पश्चात एक पटक समानुपातिक सांसद या राष्ट्रियसभा सदस्य भैसकेका व्यक्तिलाई पुन दोहोर्याउने काम नगरौं। कम्तीमा नेकपा एमालेले नगरोस’ पार्टीको संगठन विभागका पूर्व प्रमुख समेत रहेका अधिकारीले लेखेका छन्, ‘जीवनमा एकजनालाई एक पटक मात्र मनोनित हुने अवसर प्राप्त होस।’

अधिकारीले यस्तो अवसर पनि न्यायोचित वितरण होस भन्ने माग गरे। पार्टीमा पद र अवसरका लागि थिती बसोस भन्ने आफ्नो विशेष आग्रह रहेको उनको भनाइ छ।

फागुन २१ गते हुने निर्वाचनका लागि दलहरुलाई पुष १२ गतेसम्म समानुपातिक तर्फका उम्मेद्वारको सुची निर्वाचन आयोगमा बुझाउने समयसिमा दिएको छ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ८ : ५३ बजे

सुनचाँदीको मूल्यमा वृद्धि 

काठमाडौं– स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा