रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एक जनाको मृत्यु, ६ कामदार घाइते « Khabarhub

रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एक जनाको मृत्यु, ६ कामदार घाइते


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रौतहटमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना कामदार घाइते भएका छन् । कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान पानी तताउने कन्टेनर विस्फोट हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा थप ६ जना कामदार घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय कटहरियाका अनुसार विष्फोटमा परेर कटहरिया नगरपालिका–९ का अन्दाजी ४० वर्षीय लक्ष्मण यादवको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

विस्फोटमा परेर अन्य ६ जना कामदार घाइते भएका हुन् । केही गम्भीर घाइतेलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ भने केहीको स्थानीय अस्पतालमा उपचार भइराखेको छ ।

पूर्वमन्त्री एवम् रौतहटका पूर्व सांसद प्रभु शाहले घटना हुनुमा मिल सञ्चालकको लापरवाही देखिएको बताएका छन् । उनले घटनाको छानबिनको माग समेत गरेका छन् ।

शाहले फेसबुकमा लेखेका छन्, ‘मिल संचालकको लापरवाहीले भएको यस दुःखद घटनाको निष्पक्ष छानबिनसहित पीड़ितलाई क्षतिपूर्तिको माग गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली एवं घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  १० : ४६ बजे

सुनचाँदीको मूल्यमा वृद्धि 

काठमाडौं– स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा