राष्ट्रपति पौडेल र माधव नेपालबीच भेटवार्ता « Khabarhub

राष्ट्रपति पौडेल र माधव नेपालबीच भेटवार्ता


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच आज बिहान शीतल निवासमा भेटवार्ता भएको छ।

करिब एक घण्टा चलेको वार्तामा समयमै निर्वाचन गराउने र सबै राजनीतिक दल तथा समूहलाई समेटेर सहमतिको वातावरण बनाउने विषयमा छलफल भएको बताइएको छ।

भेटमा समसामयिक राजनीतिक अवस्था, लोकतान्त्रिक प्रक्रियाको सुदृढीकरण र निर्वाचनको विश्वसनीयता सुनिश्चित गर्ने विषय पनि उठान भएको स्रोतले जनाएको छ। छलफलका क्रममा संविधानअनुसार निर्धारित समयमै निर्वाचन हुनु आवश्यक रहेकोमा दुवै पक्ष सहमत देखिएका छन्।

वार्तामा राजनीतिक स्थायित्व र सहकार्यका माध्यमबाट निर्वाचन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिइएको थियो। 

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  १२ : २५ बजे

सुनचाँदीको मूल्यमा वृद्धि 

काठमाडौं– स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा