थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता « Khabarhub

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन् । दुवै देशले केही हप्तादेखि जारी सीमा संघर्ष रोक्ने र शान्ति स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस क्रममा तीन हप्ताभित्र कम्तीमा ४७ जनाको मृत्यु भएको र एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

सहमति अनुसार दुवै पक्षले सबै प्रकारका हतियार प्रयोग रोक्ने, नागरिक र संरचनामा कुनै पनि प्रकारको आक्रमण नगर्ने र सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई छिट्टै घर फर्कन अनुमति दिने व्यवस्था लागू गरिनेछ । साथै साइबर अपराध नियन्त्रणमा सहकार्य गर्ने पनि दुवै देशले प्रतिबद्धता जनाएका छन् ।

यो युद्धविराम तीन दिने सीमा वार्तापछि आएको हो, जसमा आसियान, संयुक्त राज्य अमेरिका, चीन र मलेसियाले मध्यस्थता गरेका थिए । विवाद पुरानो उपनिवेशकालीन सिमाङ्कनको कारण सुरु भएको हो, जहाँ प्राचीन मन्दिरमा दुवै देशको दाबी छ ।

थाइल्यान्डका प्रधानमन्त्रीले यसलाई अन्तिम सहमति बनाउन आग्रह गर्दै शान्ति कायम गर्ने र नागरिकलाई घर फर्काउन सहयोग गर्ने बताए। थाइल्यान्डमा आगामी फेब्रुअरी ८ मा आम निर्वाचन हुने तय भएको छ ।
 

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  १२ : ५१ बजे

खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन

मनसुनी वायु फैलिँदै, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप फाइनलमा अमेरिकी राष्ट्रपति ट्रम्प मुख्य आकर्षण बन्ने

न्यू जर्सी – विश्वकप फुटबलको फाइनल खेलको ट्रफी हस्तान्तरण समारोहमा

घानाविरुद्ध गोल गर्न चुक्यो इङ्ल्याण्ड : खेल बराबरीमा सकियो

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५-० ले पराजित

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी