झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार « Khabarhub

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक वर्षमा १२१ जना सहयोगापेक्षी व्यक्तिको उद्धार गरेको छ ।

आश्रमले सडक र सार्वजनिकस्थलमा कष्टपूर्ण जीवन गुजारिरहेका सडक मानवहरुलाई उद्धार गरेर पालनपोषण, उपचार र सम्भव भएसम्म आफन्तसँग पुनर्मिलन गराउँदै आएको शाखाका संयोजक खगेन्द्र विश्वकर्माले बताए।

आश्रमको १७ औँ शाखाको रुपमा २०८१ मङ्सिर २३ गते झापा शाखा औपचारिक रूपमा सञ्चालनमा आएको थियो । एक वर्षको अवधिमा आश्रम सञ्चालनमा रु ५४ लाख ८१ हजार ९१५ खर्च भएको शाखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार सो अवधिमा शाखाले रु ५४ लाख ६९ हजार ५५७ सेवा आम्दानी गरेको छ भने पुँजीगततर्फ रु ३२ लाख ६६ हजार ३४८ आम्दानी गरेको छ । शाखाको समग्र सम्पत्ति रु दुई करोड २६ लाख ७१ हजार ११८ रहेको र आश्रमको अक्षयकोषमा रु दुई लाख ५२ हजार ८८०, नगद मौज्दात रु २१ हजार १८९ र बैंक मौज्दात रु नौ लाख २७ हजार ११३ रहेको जनाइएको छ ।

मेचीनगर–४ मा आश्रमको आफ्नै भवन रहेको छ । स्थानीय समाजसेवी रामबहादुर प्रधानको परिवारले दान दिनुभएको दुई बिघा पाँच कट्ठा जग्गामा आश्रम सञ्चालन रहेको छ । 

उद्धार गरिएकामध्ये सम्भव हुनेहरूको पारिवारिक पृष्ठभूमि पहिचान गरी ३० जनाको सफल पारिवारिक पुनर्मिलन गराइएको र हाल झापा शाखामा ७२ जना आश्रित संरक्षणमा रहेको संयोजक विश्वकर्माले जानकारी दिए ।
 

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  १ : ३० बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन