निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत « Khabarhub

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव हुने बताएका छन् ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ द्वारा शुक्रबार बाह्रबिसेमा आयोजित बृहत् चुनाव तयारी सभामा उहाँले फागुन २१ गते हुने निर्वाचनलाई पार्टीले आत्मसात गरेको भन्दै सरकारले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिए । “जेनजी आन्दोलनपछि मुलुक जटिल परिस्थितिमा छ, यस्तो अवस्थामा निकासका बाटो भनेकै निर्वाचन हो । हाम्रो पार्टीले औपचारिक निर्णय गरेर निर्वाचनमा जाने भनेको छ, अब सरकारले अलमल नगरी चुनावको वातावरण बनाउनुपर्छ”, नेता बस्नेतले भने ।

उनले नेपालको संविधानले शिक्षा र स्वास्थलाई नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरेकाले त्यसको निःशुल्क व्यवस्था गरिनुपर्नेमा जोड दिए । आफूले स्थानीय जनताको आवश्यकताका आधारमा सधैँ विकासको राजनीति गरिरहेको र आगामी दिनमा पनि त्यसमा क्रियाशील रहने प्रतिबद्धता जनाए ।

पार्टीका जिल्ला सचिव भक्तध्वज बोहराले फागुन २१ गतेको लागि घोषणा भएको निर्वाचनका लागि यहाँ आयोजना गरेको सभा देशभरकै पहिलो रहेको बताए । उनले निर्वाचनमा हार र जितभन्दा पनि जनताप्रतिको विश्वासलाई पार्टीले पहिलो प्राथमिकतामा राखेको बताए ।

महासमिति सदस्य डा प्रेमध्वज लामा र भोला बोहरा, नेता यास्मिन ढुङ्गाना, जिल्ला उपसभापति दोर्जे लामा, पूर्वजिल्ला सभापति भूपेन्द्रबहादुर थापा, सिन्धुपाल्चोक क्षेत्र नं २ का सचिव विष्णु घोरासैनी, मेलम्ची नगर सभापति बसन्त गुरुङ, बलेफी गाउँपलिकाका पूर्वअध्यक्ष केदार क्षेत्री, नेपाल महिला सङ्घका केन्द्रीय सदस्य मञ्जु नेपाल भण्डारी, क्षेत्र नं १ का सचिव सञ्चवीर तामाङलगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ८ : ४६ बजे

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिल मन्त्री सोविता गौतमले संवैधानिक

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा

गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय 

गृहमन्त्री आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोशित

काठमाडौं– गृहमन्त्री सुधन गुरुङलले आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोश व्यक्त

आत्मदाह घटनामा विपक्षी र स्थानीय सरकारमाथि दोष थोपरेका गृहमन्त्रीको चोखिने प्रयास

काठमाडौं- मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको घटनालाई लिएर