विजयले साइन गरे ‘जनै हराएको बाउन’, बन्नेछ केन्द्रीय भूमिका रहेको दोस्रो फिल्म « Khabarhub

विजयले साइन गरे ‘जनै हराएको बाउन’, बन्नेछ केन्द्रीय भूमिका रहेको दोस्रो फिल्म


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विजय बरालको केन्द्रीय भूमिकामा रहेको पहिलो फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनरत छ । यो फिल्मले नेपाली इतिहासकै सबैभन्दा बढी ग्रस कलेक्सनको कीर्तिमान राखेको छ ।

यही फिल्ममा विजय पहिलो पटक केन्द्रीय भूमिकामा देखिएका हुन् । उनको पहिलो प्रयास नै सफल बन्यो ।

‘पूर्णबहादुरको सारङ्गी’ले कीर्तिमान कायम राखेपछि विजयले ‘दोस्रो कुन फिल्ममा काम गर्लान् ?’ भन्ने चर्चाको विषय थियो ।

तर, विजयले पहिलो फिल्म सफलतापछि फिल्मबाट ब्रेक लिए । उनले नाटक ‘हरि हजुरबुवा’मा अभिनय गरे ।

तर, विजयले विश्रामलाई छोट्याएका छन् । उनले नयाँ फिल्ममा साइन गरेका छन् । उनी हिमाल न्यौपानेको निर्देशन रहने फिल्म ‘जनै हराएको बाहुन’मा अनुबन्ध भएका हुन् ।

निर्देशक न्यौपानेका अनुसार विजय केन्द्रीय भूमिकाका लागि अनुबन्ध भएका हुन् । अर्थात्, यो उनको केन्द्रीय भूमिका रहेको दोस्रो फिल्म हुनेछ ।

‘पूर्णबहादुरको सारङ्गी’ हिट भएको दुई महिना कुरेर नयाँ फिल्म ‘जनै हराएको बाउन’मा अनुबन्ध भएका विजय कथाले आकर्षित गरको बताउँछन् ।

यस फिल्मको लेखक भानुभक्त ढकाल हुन् । फिल्मले गाउँटबाट सहर छिरेका एक व्यक्तिको संर्घष र उसको जीवनामा आइपर्ने अनपेक्षित परिस्थितको कथा उठान गरेको निर्माण पक्षले खुलाएको छ ।

अन्य कलाकार चयनको काम केही दिनमा पूरा हुने निर्देशक न्यौपानले बताउँछन् । यो वर्षको अन्त्यसम्म फिल्मको छायाङ्कन सक्ने योजनामा न्यौपाने रहेका छन् ।

पेपरक्लिप प्रालिको ब्यानरमा बन्ने यस फिल्मको निर्माताहरु सीआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डीसी र निशान्त श्रेष्ठ रहेका छन् ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  २ : ३५ बजे

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै