जय नेपाल कप – मध्यपश्चिम र लखनउ विश्वविद्यालय फाइनलमा « Khabarhub

जय नेपाल कप – मध्यपश्चिम र लखनउ विश्वविद्यालय फाइनलमा


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मध्य पश्चिम विश्वविद्यालय र लखनउ विश्वविद्यालय जय नेपाल कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

सेमिफाइनलमा लखनउले ढाका विश्वविद्यालयलाई ७ विकेटले हरायो। १८० रनको लक्ष्य पछ्याएको लखनउले १६.५ ओभरमा २ विकेटको क्षतिमा १८२ रन जोडेको हो। ढाकाका यस बर्धन सिंहले अविजित रहँदै ३९ बलमा ८२ रन जोडे। मनन कन्डपालले ५९ रन बनाए।

यसअघि ढाकाले निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाउँदै १७९ रन जाडेको थियो। ढाकाका इख्तखर हुँसेनले अविजित रहँदै ५६ बलमा ९५ रन बनाए। सिफत सतिक खानले ५१ रन जोडे।

अर्को खेलमा मध्य पश्चिमले त्रिभुवन विश्वविद्यालयलाई ७७ रनले हरायो। मध्य पश्चिमले दिएको १९२ रनको लक्ष्य पछ्याएको त्रिभुवन विश्वविद्यालय १८.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ११४ रनमा सीमित भएको थियो।

त्रिभुवन विश्वविद्यालयका लोकेश बमले ४४ रनको योगदान गरे। यस अघि मध्य पश्चिमले ८ विकेटको क्षतिमा १९१ रन बनाएको हो। मध्य पश्चिमका रवीन्द्र जङ्ग शाहीले ६९ रन जोडे। दीपकप्रसाद डुम्रेले ६३ रन प्रहार गरे भने दिवन पुनले २३ रन बनाए।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ७ : ०२ बजे

लैनचौर दुर्घटनामा ज्यान गुमाउने पैदलयात्रु भारतीय नागरिक

काठमाडौँ– काठमाडौँको लैनचौरस्थित केशरमहलस्थित सडकमा कारको ठक्करबाट ज्यान गुमाउनेको पैदलयात्रु

जेलमै हत्या गरिएको अफवाहबीच इमरानलाई भेटिन् बहिनी उज्माले

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई उनकी बहिनी उज्मा खानले मंगलबार

एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

वाइडबडी प्रकरणमा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा विशेष