समाजवादी मोर्चाले आज बृहत् अन्तर्क्रिया कार्यक्रम गर्दै « Khabarhub

समाजवादी मोर्चाले आज बृहत् अन्तर्क्रिया कार्यक्रम गर्दै


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रसहित विभिन्न चार दल सम्मिलित समाजवादी मोर्चाले आज वृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा मध्याह्न १२ बजेबाट कार्यक्रम सुरु हुने बताइएको छ ।

‘वर्तमान राष्ट्रिय राजनैतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार’ शीर्षकमा अन्तरक्रिया हुन लागेको हो ।

गत माघ २ गते बसेको मोर्चाको बैठकले शहीद दिवसको अवसरमा माघ १६ गते काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेकोमा एक दिन अघि नै उक्त कार्यक्रम गर्न लागिएको बताइएको छ । 

समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी रहेका छन् । २०८० साल असार ४ गते समाजवादी मोर्चा गठन भएको थियो ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ७ : ४० बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले