ग्रामीण तहमा सहज पशु स्वास्थ्य सेवा पुर्‍याउन कार्यक्रम | Khabarhub Khabarhub

ग्रामीण तहमा सहज पशु स्वास्थ्य सेवा पुर्‍याउन कार्यक्रम


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भोजपुर– ग्रामीण भेगमा सहज रूपमा पशु स्वास्थ्य सेवा विस्तार गर्न जिल्लामा सामुदायिक पशु सेवा सहायक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।

पशुपालक किसानले दैनिकजसो भोगेको समस्यालाई ध्यानमा राख्दै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यले व्यवसायिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी)ले २० किसानलाई एकमहिने पशु स्वास्थ्यसम्बन्धी अभ्यासमूलक प्रशिक्षण दिएको हो ।

एक महिनासम्म सञ्चालन भएको प्रशिक्षण कार्यक्रमपश्चात सहभागी किसानले आफ्नो क्षेत्रमा दक्ष ढङ्गले काम गर्न सक्ने सुम्निमा बहुप्राविधिक शिक्षालयका प्रमुख राजीवकुमार ठाकुरले बताए ।

प्रशिक्षणका क्रममा सहभागी किसानलाई पशुमा लाग्ने रोग, उपचार पद्धति, बन्ध्याकरण, फार्म व्यवस्थापन, खोप र खोप प्रयोग विधिको विषयमा अभ्यास गराएर आवश्यक सीप दिएको प्रमुख ठाकुरले जानकारी दिए ।

स्थानीय किसानका माग र यहाँको आवश्यकतालाई ध्यानमा राखेर पहिलोपटक सदरमुकाममा यस प्रकारको तालिम सञ्चालन गरिएको उनको भनाइ छ । उनले तालिम लिएकालाई योग्यताको प्रमाणपत्र दिइने बताए ।

जिल्लाका अधिकांश किसान पशुपालन व्यवसायमा जोडिएको भए पनि पशुमा लाग्ने सामन्य रोग तथा उपचार पद्धतिको विषयमा जानकारी नहुँदा समस्या हुने गरेको छ ।

स्थानीयस्तरका नागरिकले भोगेको समस्यालाई ध्यानमा राख्दै सीटीईभीटी र भोजपुर नगरपालिकाको सहकार्यमा एकमहिने सामुदायिक पशु सेवा सहायकको तामिल सञ्चालन गरिएको भोजपुर नगरपालिका पशु शाखा प्रमुख सन्तोष कटुवालले बताए । यहाँ उत्पादन भएका जनशक्तिले भावी दिनमा सहज रूपमा ग्रामीण भेगमा पशु सेवालाई विस्तार गर्न सक्ने उनको भनाइ छ ।

आफूले वर्षौँबाट पशुपालन गरिरहेको भए पनि पशुमा लाग्ने रोगका विषयमा जानकारी नहुँदा समस्या रहेको अवस्थामा एकमहिने तालिम पाएपछि सहजता भएको सहभागी स्थानीय किसान मोहनप्रसाद ढकालले जानकारी दिए । एक महिनासम्म पशु स्वास्थ्यको विषयमा अभ्यासमूलक सीप लिन पाउँदा खुसी लागेको उनको भनाइ छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  १० : ५० बजे

चुरे विनाशका कारण मधेसमा जलसङ्कट आयो : अध्यक्ष यादव

सप्तरी – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरे

घर भत्किँदा किचिएर बालकको मृत्यु

सर्लाही – यहाँको चन्द्रनगर गाउँपालिका–६, कामद टोलमा आज एक घर

जनताका मुद्दा स्थापित गराउन सफल भएको रास्वपाकाे निष्कर्ष

रुपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज भैरहवामा

जानकीलाई स्वास्थ्यमन्त्रीको फोन : देशलाई तपाईंजस्तै स्वास्थ्यकर्मीको खाँचो छ

काठमाडौं – स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बैतडीको विकट गाउँमा सेवा

पब्जी मोबाइल विश्वकप : नेपालको ‘होर ईस्पोर्ट्स’ अन्तिम १६ मा

काठमाडौं – नेपालको ‘होर ईस्पोर्ट्स’ टोलीले अन्तर्राष्ट्रिय पब्जी मोबाइल विश्वकपको