रविको निवेदनमाथि उच्चका न्यायाधीश मिलन राईको इजलासमा सुनुवाइ हुँदै « Khabarhub

रविको निवेदनमाथि उच्चका न्यायाधीश मिलन राईको इजलासमा सुनुवाइ हुँदै


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिएको निवेदनको सुनुवाइ उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ ।

कास्की जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा राखी पाऊँ भनेर दिएको निवेदनमाथि मंगलबार उच्च अदालतका न्यायाधीश मिलनकुमार राईको इजलासमा पेसी तोकिएको हो ।

गत पुस २५ गते कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले थुनछेकसम्बन्धी मुद्दाको सुनुवाइको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम ६५ लाख धरौटी माग गरेका थिए ।

कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाउँदै रिहा भएका लामिछाने सोमबार रिट निवेदन लिएर उच्च अदालत पुगेका थिए ।

जिल्लाको आदेशमा चित्त नबुझी साधारण तारेखमा बसेर मुद्दा पुर्पक्ष गरी पाऊँ भनी लामिछाने उच्च अदालत पुगेपछि सुनुवाइ अघि बढेको हो ।

लामिछानेलाई सुप्रिम सहकारी हिनामिना प्रकरणमा आइतबार मात्रै जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटी लिएर तारेखमा छाडेको थियो ।

रविले उच्च अदालत पोखरापछि अब जिल्ला अदालत काठमाडौं र रुपन्देहीको आदेशविरुद्ध पनि अपील गर्ने तयारी गर्दैछन् ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  १२ : ५७ बजे

काठमाडौं- ३ बाट कुलमानको उम्मेदवारी दर्ता

काठमाडौं– उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले काठमाडौँ

पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई 

काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ। 

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले