‘एक्टर : टेक वान’को सिक्वेलको घोषणा, अदालतले रोक्यो प्रदर्शन « Khabarhub

‘एक्टर : टेक वान’को सिक्वेलको घोषणा, अदालतले रोक्यो प्रदर्शन


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक प्रदीप खड्का स्टारर फिल्म ‘एक्टर : टेक वान’को प्रदर्शन स्थगन भएको छ । जिल्ला अदालत काठमाडौंले यस फिल्मको प्रदर्शन रोक्न आदेश दिएको हो ।

सम्राट थापाले नाम र कथावस्तु चोरिएको भन्दै चलचित्र ‘एक्टर टेक वान’ विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेका थिए । न्यायाधीश ढाकाराम पौडेलले माघ २२ गतेसम्म प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेका हुन् ।

यससँगै नायक राजबल्लभ कोइराला ११ वर्षपछि कमब्याक र नायक दिलिप रायमाझीकी छोरी दिव्याको डेब्यू फिल्मको प्रदर्शन अन्योलमा धकेलिएको छ ।

बुधबारबाट प्रदर्शनमा मिति तय भएको यस फिल्मको सोमबार प्रिमियर समेत गरिएको थियो । प्रिमियरमा यसको सिक्वले बन्ने जानकारी दिइएको हो ।

अक्सर मेकरले फिल्म बक्स अफिसमा सफल भएपछि मात्रै सिक्वेलको घोषणा गर्छन् । यस फिल्मको सिक्वेल घोषणा भने प्रदर्शन अगावै भएको छ ।

फिल्मको अन्तिममा अर्थात् ‘पोस्ट क्रेडिट’मार्फत् यस फिल्मको सिक्वेलको घोषणा गरिएको हो । ‘पोस्ट क्रेडिट’का दृश्यमा प्रदीपलाई देख्न सकिन्छ । यसबाट सिक्वेलमा प्रदीपको अभिनय हुने पक्का छ । अन्य कलाकारहरु सिक्वेलमा दोहोरिने हुन् कि होइनन् त्यो बारे खुलाइएको छैन ।

‘पोस्ट क्रेडिट’मार्फत सिक्वेल घोषणा गर्ने चलिआएकै चलन हो । तर, घोषण गरे पनि फिल्म बक्स अफिसमा फ्लप बन्दा सिक्वेल नबनेको उदाहरण थुप्रै छन् ।

अर्थात्, लगानी डुेबेको फिल्मको सिक्वेल बनाउन निर्माता हौसिएको पाइन्न ।

भोलिबाट प्रदर्शनमा आउने यस फिल्मको सिक्वले बन्ने वा नबन्ने निर्धारण हुन बक्स अफिस कलेक्सनमा निर्भर हुनेमा शंका छैन । यो चलिआएकै चलन हो ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ७ : ३० बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले

जाँचबुझ आयोगले अर्को साता ओली र लेखकसँग बयान लिने

कामाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा