माघ २२ सम्म रोकियो ‘एक्टर टेक वान’, अदालतद्वारा अल्पकालीन अन्तरिम आदेश « Khabarhub

माघ २२ सम्म रोकियो ‘एक्टर टेक वान’, अदालतद्वारा अल्पकालीन अन्तरिम आदेश


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नाम र कथावस्तु चोरिएको भन्दै चलचित्र ‘एक्टर टेक वान’ विरुद्ध परेको रिटमा जिल्ला अदालत काठमाडौंले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

बुधरबादेखि रिलिज हुने तयारीमा रहेको यो चलचित्र अदालतको अल्पकालीन अन्तरिम आदेशसँगै आगामी माघ २२ गतेसम्मलाई प्रदर्शनमा आउन नपाउने भएको छ ।

सम्राट थापाले आफ्नो चलचित्रको नाम र कथावस्तु चोरिएको आरोपसहित रिट हालेका थिए । आफ्नो चलचित्रको कथा चोरिएको भन्दै दिएको रिटमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश ढाकाराम पौडेलले अल्पकालीन अन्तरिम आदेश दिएका हुन् । थापाले चलचित्र विकास बोर्डलाई पनि विपक्षी बनाएर रिट हालेका थिए ।

अदालतले थापाको मागअनुसार अन्तरिम आदेश नदिई अल्पकालीन आदेश दिँदै दुवै पक्षलाई छलफलका लागि झिकाएको छ । दुवै पक्षसँग माघ २२ गते छलफलपछि अन्तरिम आदेश दिने नदिने कुराको टुंगो अदालतले गर्ने भएको छ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ४ : ४६ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक