‘रास्वपा नेताहरूको विगत खोतल्दै जाँदा कुनै न कुनै काण्ड भेटिन्छन्’ « Khabarhub

‘रास्वपा नेताहरूको विगत खोतल्दै जाँदा कुनै न कुनै काण्ड भेटिन्छन्’


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय एकपछि अर्को विवादित अभिव्यक्ति दिइरहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले अर्को आक्रमक भनाइ सार्वजनिक गरेकी छन् ।

केही दिनअघि रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदा नेकपा एमालेका नेता महेश बस्नेतलाई बलात्कार मुद्दामा जोगाएको आरोप लगाएकी उनले मंगलबार आफ्नै पार्टीबारे तीखो टिप्पणी गरेकी हुन् ।

उनले रास्वपाका नेता–कार्यकर्ताको विगत खोज्दै गए कुनै न कुनै काण्डमा मुछिएका पाइने जिकिर गरेकी हुन् ।

विवादास्पद अभिव्यक्ति दिइरहेकी उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा आफूलाई रास्वपा बताउनेहरूको विगत खोज्दै गए कुनै न कुनै काण्डमा मुछिएका पाइने बताएकी हुन् ।

‘ज-जसले आज मेरो विरोध गरेर आफू रास्वपा हुँ भनिरहेका छन्, तिनीहरूको विगत खोज्दै जाने हो भने एउटा न एउटा काण्डमा मुछिएकै छन्,’ उनले लेखेकी छन्, ‘मैले पर्दाफास गर्दै गएँ भने भोलि नाकमुख देखाउन गाह्रो होला महोदय ।’

केन्द्रीय सदस्य संग्रौलाले आफूले केही दिनअघि दिएको अभिव्यक्तिको विषयमा पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधे जुनसुकै ठाउँमा उभिएर जवाफ दिन तयार रहेको पनि बताएकी छन् ।

‘मेरो अभिव्यक्तिको विषयमा मलाई पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधेमा म जुनसुकै ठाउँमा उभिएर भए पनि जवाफ दिन तयार छु,’ उनले भनेकी छन् ।

केहीदिन अघि संग्रौलाले सहकारी ठगी प्रकरणमा मुछिएका सभापति लामिछाने गृहमन्त्री हुँदा बलात्कारको मुद्दामा ‘जीवनदान’ दिएको व्यक्ति अहिले निकै नै उफ्रिरहेको अभिव्यक्ति दिएकी थिइन् ।

उनको यो भनाइ एमाले नेता बस्नेततिर थियो । बस्नेतलाई शोभा पाठकले बलात्कार आरोप लगाइरहेकी छन् । बस्नेत रवि र बालेन्द्र साहविरुद्ध आक्रमक भइरहेका बेला शोभा भने दिनदिने लाइभमा आइरहेकी छन् । लाइभमा उनले बस्नेतले आफूमाथि बलात्कार गरेको बताइरहेकी छन् ।

सरकारले बस्नेतलाई जोगाएको भन्दै शोभा माइतीघरमण्डलमा धर्नासमेत बसिसकेकी छन् । तर उनले बस्नेतविरुद्ध दिएको जाहेरी दर्ता भएर अहिलेसम्म मुद्दा अघि बढेको छैन ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ५ : २३ बजे

पुरानो नियुक्ति खाएकालाई चन्द्र भण्डारीको सुझाव- अब लामो सास नफेर

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ सरकार आएसँगै

रविको अभियोग फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा