आज २०८१ साल फागुन १६ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल फागुन १६ गते शुक्रबारको राशिफल


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल फागुन १६ गते शुक्रबार फागुन शुक्ल पक्षको औंसी उपरान्त प्रतिपदा तिथि। ग्याल्पो ल्होसार। तदनुसार सन् २०२५ फेब्रुअरी २८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन तनावपूर्ण बन्ने जोखिम छ। आम्दानीका स्रोतसँगै खर्च पनि बढ्नेछ। धार्मिक क्षेत्रको व्यापारबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार भए पनि राजनीतिक क्षेत्रमा भय बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : गुरुको साथ मिल्नेछ। सञ्चित धन खर्च हुनेछ। मानसम्मान बढ्ने दिन छ। अपेक्षा अनुसार बन्धुको साथ मिल्नेछ। परिवारको तर्फबाट मन अशान्त बन्नेछ। घर व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ।

मिथुन : बोल्दा सचेत नबन्दा आफ्नै बोलीले अप्ठेरो परिस्थिति बन्नेछ। भाग्य बलियो भएकाले सोचेको काम बन्नेछ। आफ्नो क्षमता पहिचान गर्न नसक्दा संकट पर्ने जोखिम छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

कर्कट : दिन राम्रो छ। औषधी नियमित नहुँदा स्वास्थ्यमा गढबढी हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन राम्रो छ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। परिवारसँग रमाइलो घुमघाम तय हुनेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। राज्यको तर्फबाट भने सेवाको अवसर मिल्नेछ।

कन्या : दिन सहज नभएकाले थोरै बोल्नु उचित हुनेछ। राम्रो कामको जस अरुले लिने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। समाजका गल्तीको भागिदार बन्नुपर्ने भएकाले मन अशान्त बन्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

तुला : दिन राम्रो छ। सहजै काम बन्नेछ। राज्यको जिम्मेवारी प्राप्त हुनेछ। राज्यका लागि सेवा गर्ने महत्त्वपूर्ण अवसर मिल्नेछ। विपक्षी साथीले प्रशंसा गर्नेछ। परिवारमासमेत रमाइलो वातावरण बन्नेछ।

वृश्चिक : प्राविधिक शिक्षाको क्षेत्रमा गरेको लगानी सफल हुनेछ। खुट्टा तान्ने साथीसँग गोपनीयता भंग भएमा घाटा हुनेछ। परिवारसँग सल्लाह गरेर गरेको कामले मनमा उत्साह बढ्नेछ।

धनु : सहकर्मीसँगको सहकार्यले दिन सहज बन्नेछ। औषधी नियमित नहुँदा रोगले सताउने जोखिम छ। परिवारलाई विश्वास गर्दा धोका हुनेछ। कर्तव्य पूरा गरेर अगाडि बढ्नुपर्ने समय छ।

मकर : चिट्ठामा फाइदा हुनेछ। शेयर कारोबारमा सहभागी भए नाफा हुनेछ। राजनीतिक क्षेत्रमा गरेको साहसले तपाईंको उचाइ बढ्नेछ। बौद्धिक साथीले प्रशंसा गर्ने हुँदा शिक्षाको क्षेत्रमा हिम्मत गर्नु उचित हुनेछ।

कुम्भ : शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ। खर्च बढ्नेछ। मानसम्मान प्राप्त हुनेछ। व्यवहार गर्दा नम्रता आवश्यक देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : खर्च बढ्ने छ। खर्च कटौती गर्नुपर्ने समय छ। राम्रो बोले पनि विरोध हुनेछ। धार्मिक कार्यमा सहभागी भएर यात्राको सुरुवात गरेमा सफल बन्नेछ। गुरुको सल्लाहले परिवारमा शान्ति मिल्नेछ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ५ : ०९ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका