शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ २३ पैसा र बिक्रीदर १३९ रुपियाँ ८३ पैसा कायम भएको छ।

आजका लागि युरोपियन युरो एकको खरिददर १४५ रुपियाँ ८६ पैसा र बिक्रीदर १४६ रुपियाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपियाँ ४७ पैसा र बिक्रीदर १७७ रुपियाँ २३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रुपियाँ ०२ पैसा र बिक्रीदर १५५ रुपियाँ ६९ पैसा कायम गरिएको छ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ७२ पैसा र बिक्रीदर ८८ रुपियाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ११ पैसा र बिक्रीदर ९७ रुपियाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ७८ पैसा र बिक्रीदर १०४ रुपियाँ २३ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २९ पैसा र बिक्रीदर नौ रुपियाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १५ पैसा र बिक्रीदर १९ रुपियाँ २४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ १२ पैसा र बिक्रीदर ३७ रुपियाँ २८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ २० पैसा र बिक्रीदर ३८ रुपियाँ ३७ पैसा कायम भएको बैंकले जनाएको छ।

यस्तै, थाई भाट एकको खरिददर चार रुपियाँ ११ पैसा र बिक्रीदर चार रुपियाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ९१ पैसा र बिक्रीदर ३८ रुपियाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ३३ पैसा र बिक्रीदर ३१ रुपियाँ ४६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६५ पैसा र बिक्रीदर नौ रुपियाँ ६९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ०४ पैसा र बिक्रीदर १३ रुपियाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ५६ पैसा र बिक्रीदर १९ रुपियाँ ६४ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ९१ पैसा र बिक्रीदर १७ रुपियाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपियाँ २८ पैसा र बिक्रीदर ४५३ रुपियाँ २३ पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रुपियाँ ४१ पैसा र बिक्रीदर ३७१ रुपियाँ, ओमनी रियाल एकको खरिददर ३६१ रुयैयाँ ६४ पैसा र बिक्रीदर ३६३ रुपियाँ १९ पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ५ : ४१ बजे

भोटेकोसी बाढी अपडेट: एक हजार १२६ शव फेला, झण्डै पाँच हजार अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोसी बाढीमा परिहालसम्म एक हजार १२६ वटा

विपद्पछिको उद्धार कि पूर्वसूचना ? भोटेकोसीले देखाएको हिमाली जोखिम र प्रविधिको आवश्यकता

काठमाडौँ – भोटेकोसी–त्रिशूली तटीय क्षेत्रमा भदौ १० मा आएको विनाशकारी

भोटेकोशी बाढीः शव व्यवस्थापन अन्तिम संस्कार होइन

चितवन- रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले

पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन विज्ञको सुझाव

ललितपुर- जलस्रोतविज्ञ तथा पूर्वजलस्रोतमन्त्री इन्जिनियर दीपक ज्ञवालीले विकासका नाममा भएका

विपद् उद्धारमा सघाउन ५.५ टन औषधिसहित भारतीय वायुसेनाको विमान नेपाल आउँदै

काठमाडौँ – छिमेकी मुलुक भारतले नेपालमा जारी खोज, उद्धार तथा