केपी ओली कपको पहिलो सेमिफाइनल आर्मी र संकटा भिड्दै « Khabarhub

केपी ओली कपको पहिलो सेमिफाइनल आर्मी र संकटा भिड्दै


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँमा जारी केपी ओली कपको पहिलो सेमिफाइनल खेल आज हुँदै छ ।

दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लब खेल्दै छन् ।

त्रिभुवन आर्मीले क्वाटर फाइनलमा पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने संकटा क्लब विभागीय टिम एपीएफ क्लबलाई टाई ब्रेकरमा पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भने शनिबार हुँदै छ । दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीसँग मछिन्द्र क्लब भिड्ने छ। 

आयोजक केपी ओली एफसीले न्यूरोड टिमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो भने मछिन्द्रले भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ७ : १९ बजे

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : आयोग

काठमाडौं- निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी

लालबाबु पण्डितले श्रीमतीलाई सम्झिँदै किन लेखे भावुक स्टाटस?

काठमाडौँ- नेकपा एमालेको सचिव पदमा उम्मेदवारी दिएका लालबाबु पण्डितले आफ्नी