उत्तर कोरियाले युक्रेन युद्धका लागि थप सेना पठाएको दाबी « Khabarhub

उत्तर कोरियाले युक्रेन युद्धका लागि थप सेना पठाएको दाबी


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुस-युक्रेन युद्ध अन्त्य गर्न वार्ता गर्न खोजिरहेकै बेला उत्तर कोरियाले रुसमा युक्रेन युद्धका लागि थप सेना पठाएको दाबी गरिएको छ ।

दक्षिण कोरियाले उत्तर कोरियाले रुसमा थप सेना पठाएको दक्षिण कोरियाको जासूस एजेन्सीले बिहीबार जनाएको हो । युक्रेनविरुद्धको युद्धमा धेरै उत्तर कोरियाली सैनिकहरूको मृत्यु भएपछि थप सेना पठाइएको दाबी गरिएको छ।

दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवा (एनआईएस) ले उत्तर कोरियाले रुसमा कति नयाँ सेना पठाएको छ भनेर पत्ता लगाउने प्रयास भइरहेको बताएको छ । एनआईएसले रुसको कुर्स्क क्षेत्रमा ठूलो संख्यामा उत्तर कोरियाली सैनिकहरू मारिएको पनि बताएको छ ।

 यसपछि, रुसले यहाँबाट उत्तर कोरियाली सेनालाई हटाएको थियो । तर फेब्रुअरीको पहिलो हप्तामा सैनिकहरू फेरि यहाँ तैनाथ गरिएको बताइएको छ । यसैबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले फेब्रुअरी ७ मा आफ्नो सम्बोधनमा कुर्स्कमा युक्रेनमाथि आक्रमण बढिरहेको बताएका थिए । यहाँ उत्तर कोरियाली सैनिकहरू रुसी सेनासँग लडिरहेको उनले दाबी गरेका थिए ।

पश्चिमी, दक्षिण कोरियाली र युक्रेनी गुप्तचर एजेन्सीहरूले पहिले नै उत्तर कोरियाले रुसी सेनालाई समर्थन गर्न आफ्ना १० हजार भन्दा बढी सेना तैनाथ गरेको दाबी गरेका थिए । उत्तर कोरियाली सैनिकहरू अत्यधिक अनुशासित र राम्रोसँग प्रशिक्षित भए तापनि, लडाई अनुभव र क्षेत्रको ज्ञानको कमीका कारण उनीहरू आक्रमणको सिकार भएको दाबी गरिएको छ ।

गत महिना, दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवाले रुस-युक्रेन युद्धमा लगभग ३०० उत्तर कोरियाली सैनिक मारिएको र २,७०० जना घाइते भएको बताएको थियो । जबकि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मारिएका वा घाइते भएका उत्तर कोरियालीहरूको संख्या ४ हजार रहेको बताएका थिए । 

दक्षिण कोरियाले अब जनवरी र फेब्रुअरीबीच कुर्स्कमा थप एक देखि तीन हजार उत्तर कोरियाली सेना तैनाथ गरिएको दाबी गरेको छ ।

दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुखले उत्तर कोरियाले अगस्ट २०२३ देखि रूसमा तोपखाना, क्षेप्यास्त्र र अन्य हतियारका लगभग १३ हजार कन्टेनर पठाएको बताएको छ । 

युक्रेन युद्धमा सहयोगको बदलामा रुसले उत्तर कोरियालाई महत्त्वपूर्ण हतियार र प्रविधि उपलब्ध गराउन सक्ने दक्षिण कोरियाले डर महसुस गरेको छ । अर्कोतर्फ रूसले उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र कार्यक्रमलाई पनि सहयोग गर्न सक्ने दक्षिण कोरियाको आशंका रहेको छ । 

युक्रेन युद्धमा गरेको सहयोगको बदलामा उत्तर कोरियाले रुसबाट आर्थिक र अन्य सहयोग पाउने आशा पनि राखेको छ । 

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ८ : २६ बजे

विशेष महाधिवेशन पक्षधरको चेतावनी : सभापति नआए भोलि नै नयाँ नेतृत्व घोषणा हुन्छ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षीय नेताहरूले बहुमत प्रतिनिधिको आवाजलाई

‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६३ प्रतिशत प्रतिनिधि’

काठमाडौं- काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा ६३

इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सयौँको ज्यान जानेगरी भएको प्रदर्शनलाई

अञ्जनाको गुनासो सम्बोधन भएको ‘परिवर्तन’को ट्रेलर

काठमाडौं – फिल्म ‘पुजार सार्की’बाट फुल फ्लेज नायिका बनेकी अञ्जना

पार्टी एकढिक्का राख्न संवादको ढोका खुला छ : नेता कार्की

काठमाडौं– नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई एकढिक्का राख्न लचकताका