प्रचण्ड भन्छन्- माओवादी मात्रै सक्कली मधेशवादी पार्टी, अरू सबै नक्कली ! « Khabarhub

प्रचण्ड भन्छन्- माओवादी मात्रै सक्कली मधेशवादी पार्टी, अरू सबै नक्कली !


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

राजविराज (सप्तरी)- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्कली मधेशवादी दल माओवादी मात्रै भएको बताएका छन् । उनले अब मधेशी जनताको मुक्तिको सम्पूर्ण जिम्मा पनि माओवादीले लिने बताए ।

‘जनतासँग माओवादी, तराई-मधेश जागरण अभियान’अन्तर्गत सप्तरीको राजविराजमा शुक्रबार आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरूसँगको अन्तर्किया उनले यस्तो बताएका हुन् ।

मधेशी जनता मधेशवादको नारामा स्थापित नक्कली मधेशवादी दलको भुलभुलैयाको परेको औल्याउँदै अध्यक्ष प्रचण्डले उनीहरूबाट मधेशी जनताको मुक्ति नहुने प्रमाणित भइसकेको जिकिर गरे । उनले अब वास्तविक मधेशवादी दल माओवादीसँग जोडिनुपर्ने बेला आएको बताए ।

आफूलाई मधेशवादी भन्ने दलहरू जनतातिर नभई प्रतिक्रियावादी दिशा उन्मुख रहेकाले नक्कली मधेशवादी दलसँग सावधान रहन उनले आग्रह गरे ।

मधेशको मुक्तिविना देशको मुक्ति सम्भव छैन भन्ने मान्यतासहित माओवादीले सबैभन्दा पहिले मधेशी मुक्ति मोर्चा गठन गरेर ‘जनयुद्ध’ थालनी गरिएको उनले बताए ।

प्रचण्डले मधेशसँगै वर्गीय मुक्तिका लागि जीवन आहुति दिने एक हजार तीन सय मधेशका सहिदसहित मधेश मुक्तिका लागि ज्यान गुमाउने सबैका सपनाको जिम्मेवारी पनि अब माओवादीले लिने प्रतिबद्धता जनाए ।

संघीयता, समावेशिताको बढी आवश्यकता मधेशी समुदायलाई भएको र यसको नेतृत्वकर्ता शक्ति माओवादी भएकाले अब माओवादी र मधेशी जनतको एकता अपरिहार्य र अनिवार्य भइसकेको अध्यक्ष प्रचण्डको जिकिर थियो ।

अन्य प्रदेशमा पहिचानको सवाल कम सम्बोधन भए पनि मधेश प्रदेशको नामाकरण पहिचानबाट भएकोमा गर्व महसुस भएको उनले उल्लेख गरे ।

माओवादी र मधेशी जनता एक ठाउँमा केन्द्रित नभएमा प्राप्त उपलब्धि खोसिने खतरा रहेकोतर्फ सचेत रहनुपर्ने उनको दाबी थियो ।

राजनीतिक दलकोतर्फबाट माओवादीले नै पहिलोपटक हुलाकी मार्गकेन्द्रित राजनीतिक अभियान सुरु गरेको उल्लेख गर्दै उनले यसको मुख्य उद्देश्य यहाँका जनताको आर्थिक सामाजिक जीवनमा परिवर्तन ल्याउनु भएको स्पष्ट पारे।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  २ : ०४ बजे

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

देवदह– दुई दिनसम्म परेको बेमौसमी वर्षाले रूपन्देहीमा ठूलो परिणाममा काँचो

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट

केन्द्रीय कारागारबाट फरार एकजना सिरहाबाट पक्राउ

सिरहा– गत भदौको ‘जेन–जी’ आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक जनालाई