दिक्तेलमा प्रथम राष्ट्रिय बाँस सम्मेलन | Khabarhub Khabarhub

दिक्तेलमा प्रथम राष्ट्रिय बाँस सम्मेलन


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खोटाङ– दिक्तेल बजारमा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु भएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा औपचारिक उद्घाटन गरिएको बाँस सम्मेलनमा नजिकै रहेको माटिकोरे खेल मैदानमा विभिन्न स्टलहरू राखिएको छ । 

सम्मेलनमा बाँसको गेट, बाँसकै कार्यक्रमस्थल र बाँसकै घरायसी सामग्री तथा सजावटका सामग्रीहरू प्रदर्शनीमा राखिएका छन् । सम्मेलनमा स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरसम्म व्यापार व्यवसाय गरिरहेका बाँस व्यवसायी, स्थानीयस्तरमा उत्पादन भएका कृषि उपज र खाद्यान्नका विभिन्न परिकार लगायत ५१ वटा स्टल राखिएको आयोजकले गरेको छ ।

यस्तै, मनोरञ्जनका लागि लिङ्गेपिङ तथा रोटेपिङलगायतको पनि व्यवस्था गरिएको सम्मेलनका मुख्य आयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । 

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको प्रमुख आतिथ्यमा भएको बाँस सम्मेलनको उद्घाटन कार्यक्रममा सङ्घीय सांसदहरू, प्रदेशका मन्त्री र सांसदहरू, गभर्नर, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाका प्रमुख, जिल्लाका दश वटै स्थानीय तह तथा जिल्ला बाहिरका स्थानीय तहका प्रमुखको उपस्थिति थियो । 

जिल्ला बाहिरबाट मात्र ३०० भन्दा बढी अतिथिको बाँस सम्मेलनमा उपस्थिति छ । त्यसअवसरमा विज्ञहरूबाट २३ वटा कार्यपत्र प्रस्तुत हुने नगरप्रमुख भट्टराईले जानकारी दिएका छन् ।

‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने नाराका साथ सञ्चालन गरिएको सम्मेलनको आयोजकहरूमा वन तथा प्रशिक्षण केन्द्र बबरमहल, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र ग्रिन ब्याम्बो क्रिएशन ललितपुर रहेका छन् । बाँसको प्रवर्द्धन गर्दै यसबाट आयआर्जन गर्ने यस सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । 

सम्मेलनका लागि नगरपालिकालेपाँच लाख रुपैयाँ बजेटसमेत व्यवस्थापन गरेको छ । सम्मेलनमा अनुमानित ४७ लाख रुपैयाँ बराबरको खर्च हुने अनुमान गरिएको नगरपालिकाले जनाएको छ । 

सम्मेलनलाई सरकारी तथा गैर–सरकारी निकायका एक सय, वन उपभोक्ता समूहका एक सय, विश्वविद्यालय तथा अनुसन्धान केन्द्रका ५० जना र हजारौँ विद्यार्थीले अवलोकन गर्ने अनुमान गरिएको नगर उपप्रमुख विशन राईले जानकारी दिए । 

त्यसअवसरमा बाँसको उपयोगितालाई व्यवहारमा कार्यान्वयन गर्न र सरकारलाई स्थानीय सामग्री प्रयोग गर्ने नीति व्यवहारमा कार्यान्वयन गर्न/गराउन खबरदारी गर्ने उद्देश्यले उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार दिने निर्णय गरिएको गरिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ढुङ्ग्रो र भालु बाँससहित चोया बाँस, वन बाँस, करौती बाँस, मालिङ्गो बाँस, सिँगानो बाँस, निगाँलो बाँस, मुक्तियालीलगायत १३ किसिमका बाँस पाइन्छन् । 

बाँससम्बन्धी काम गरिरहेका विभिन्न निकायसँगको सहकार्यमा तीन वटै तहका सरकारको संयुक्त आयोजनामा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु भएपछि स्थानीय बाँस उद्यमी तथा व्यवसायीहरू उत्साहित भएका छन् । 

बाँस उद्योग सञ्चालनका लागि नगरपालिकाले स्थानीय बासिन्दा एवम् उद्यमीलाई तालिम तथा सामग्री उपलब्ध गराउँदै आएको छ । नगरपालिकाका स्थानीय बासिन्दा एवम् उद्यमीले उत्पादन गरेका बाँसका विभिन्न प्रकारका घरेलु सामग्री दिक्तेलस्थित सपिङ कम्प्लेक्समा सञ्चालित कोसेलीघरले खरिद गरेर बिक्री गर्दै आएको छ ।
 

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  २ : २२ बजे

जेन-जीले आज सामूहिक सम्झौतापत्र प्रधानमन्त्री कार्कीलाई बुझाउँदै

काठमाडौं– जेन-जी समूहले आफ्ना सम्झौतापत्र आज प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउँदै

कृत्रिम बौद्धिकता प्रवर्द्धन गर्न ऊर्जा मिलेको छ : सञ्चारमन्त्री

काठमाडौं– एघारौँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुने सिलसिलामा

बतासेडाँडाबाट देखिएको हिमालको संसार (फोटो फिचर)

पाल्पा– तानसेनबाट करिब ३ किलोमिटर उकालोमा अवस्थित बतासेडाँडा पछिल्ला वर्षहरूमा

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

काँक्रेविहार– दैलेखको महाबु गाउँपालिका भएर बग्ने तारागाढ खोलामा तीन करोड

शंकर पोखरेलको प्रश्न- चुनावमा सहभागी हुने घोषणा गरेर मन्त्री पदमा बस्नु उचित हुन्छ ?

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले ऊर्जामन्त्री कुलमान घिसिङले