‘सरकारले निराशा चिर्न सकेन, दुईतिहाइ छँदैछ भन्दै ढुक्कसँग बस्यो’ « Khabarhub

‘सरकारले निराशा चिर्न सकेन, दुईतिहाइ छँदैछ भन्दै ढुक्कसँग बस्यो’


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दुईतिहाइनजिककको सरकार भएर पनि नतिजा दिन नसक्दा जनतामा निराशा बढेको टिप्पणी गरेका छन् ।

समाजमा देखिएको निराशा र पछिल्लो समय सडकमा अराजकता बढिरहेको सन्दर्भ पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा शुक्रबार भएको अन्तरसंवादका क्रममा थापाले यस्तो टिप्पणी गरेका हुन् । समाजको निराशाको कारणको खोजी गर्दै भएको अन्तरसंवादका क्रममा सरकार नतिजामुखी हुन नसक्दा पनि यस्तो अवस्था आएको थापाको भनाइ थियो ।

सरकारले समाज र सडकमा देखिएको निराशा चिर्न परिणाममुखी काम गर्न नसक्नु अहिलेको कमजोरी रहेको गगन थापाले बताए । फेस्टिभलमा जारी ‘निराशा : व्याख्या र वास्तविकता सत्र’मा वक्ताका रुपमा सहभागी थापाले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको वर्तमान सरकारसँग ‘सेन्स अफ अर्जेन्सी’ नभएको उल्लेख गरे ।

‘निराशालाई चिर्नका लागि ‘एक्सन’ र ‘रिजल्ट’केन्द्रित हुनुपर्ने थियो’, उनले भने, ‘तर काममा भन्दा कुराहरूमा मजाले मस्ती छ, मसँग संख्या छ, दुईतिहाइ छ भनेर सरकारको नेतृत्व ढुक्क देखिन्छ । तर, सरकारसँग ‘सेन्स अफ अर्जेन्सी’ देखिँदैन ।’

यो सत्रमा आएर सरकारमाथि प्रश्न गरिरहँदा आफू पन्छिएर भाग्न नमिल्ने पनि थापाले बताए । ‘मैले प्रश्न गरिरहँदा सरकारको कमीकमजोरीबाट आफैँ पनि भाग्न मिल्दैन’, उनले भने ।

आफू सरकारमा संलग्न नभए पनि जनताबाट उठाइएका प्रश्नका सवालमा भाग्न नमिल्ने उनले बताए ।

‘सरकारको काम र नतिजा नदेख्दै गर्दा मेरो पनि प्रश्न नै प्रश्न छ । तर, यसको अर्थ मैले यहाँ प्रश्न गरेँ, यो गरेँ भन्ने होइन । म सरकार सञ्चालको जिम्मेवार ठाउँमा भएकाले मेरो प्रत्यक्ष संलग्नता भए पनि नभए पनि यसका कमजोरीबाट भाग्नु हुँदैन, भाग्दिनँ’, उनले भने, ‘यसको सबै दोष मैले यहाँबाट भोगेर जानुपर्छ ।’

गगनले उक्त अन्तरसंवादमा दर्शकको प्रश्नको पनि सामना गरे । उनललाई दर्शकले प्रदेश संरचना र सरकारप्रति दिनदिनै निराशा बढिरहेको प्रश्न गरेका थिए ।

जवाफमा गगनले त्यति दुःख गरेर संघीयता ल्याएपछि प्रदेशलाई जति बलियो बनाउनुपथ्र्यो, त्यो गर्न नसकिएको पनि बताए ।
उनले अहिलेको एउटा दलले बहुमत ल्याउनै नसक्ने अवस्थामा सुधार हुनुपर्ने पनि तर्क गरे । ‘कुनै दलले बहुमत ल्याउन नसक्ने कुरामा सुधार गर्नुपर्छ । अर्को कुरा प्रदेशलाई अधिकार आउनुपथ्र्यो । प्रदेश बलियो हुनुपथ्र्यो । यति दुःख गरेर ल्याएको व्यवस्थामा प्रदेशमाथि धेरै आक्रमण भइरहेको छ’, उनले भनmे, ‘केन्द्रको अधिकार प्रदेशमा ल्याउने कुरामा मतलब नै छैन । अधिकार नहुँदा पनि प्रदेशप्रति निराशा व्यक्त भइरहेको छ ।’

थापाले प्रदेश संरचनालई ‘स्केप गोट’ बनाउन खोजिएको पनि टिप्पणी गरेका छन् । ‘हामीले संघबाट प्रदेशलाई दिनुपर्ने अधिकार केही नदिई संघीयताको सही अभ्यास हुँदैन’, उनले भने, ‘फेरि हामी एउटा ‘स्केप गोट’ प्रदेशलाई बनाउन खोजिरहेका छौँ ।’

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ३ : ११ बजे

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका

सामाजिक सद्भाव कायम राख्न पर्सा प्रशासनको आग्रह

पर्सा – पर्सा जिल्ला प्रशासन कार्यालयले देशका विभिन्न जिल्लामा पछिल्लो

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु

लन्डन – मे र जुनमा यस पहिलेको सोही समयको रेकर्ड

सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका