‘यो सरकार देशलाई घाँडो भइसक्यो, ओलीले नर्कमा पुर्‍याउँछन्’ « Khabarhub

‘यो सरकार देशलाई घाँडो भइसक्यो, ओलीले नर्कमा पुर्‍याउँछन्’


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने बताएका छन् । 

जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट बौद्धिक पेशाकर्मी महासंघले शुक्रबार आयोजना गरेको ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रियामा उनले सरकारलाई अध्यादेश फिर्ता लिन सुझाव दिएका हुन् । 

‘देशका निम्ति सरकार घाँडो भएको छ । यसबाट देशले कुनै पनि हालतमा प्रगति गर्न सक्दैन । कुनै इन्डिकेटरले पनि पोजेटिभ लक्षण देखाएको छैन । देशको निम्ति ठूलो समस्या बनेको छ,’ नेपालले भने, ‘यसले देशको समस्या समाधान गर्ने कुनै लक्षण देखाएको छैन । यो अध्यादेश पनि त्यसैको निरिन्तरतामात्रै हो । यस अर्थमा भूमिसम्बन्धी अध्यादेशलाई सरकारले फिर्ता लिनुपर्छ । र, यसको नैतिक जिम्मेवारी पनि बोक्नु पर्छ ।’  

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग होसियार हुनसमेत सुझाव दिए । 

‘होसियार है, शेरबहादुरजी । तपाईंले खुबै विश्वास गर्नुहुन्छ । फेरि सँगै स्वर्ग जाउँला भनेर मख्ख परेर बस्नुभएको होला । नरक पुर्‍याइदेलान् है होस् गर्नुस्,’ पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्रीतर्फ कटाक्ष गर्दै भने । 
 
नेपालले कांग्रेस–एमाले मिलेर सरकार गठन गर्दा संविधान संशोधनको एजेन्डा अघि सारिए पनि प्रक्रिया अघि नबढाइएको बताए । 

‘सरकार बन्दाखेरि संविधान संशोधनको कुरा ल्यायो । संविधान संशोधन गर्नुपर्छ/पर्दैन । के–केमा गर्नुपर्छ, कुनै बहस चलाएन । यो देशको बहसको विषय बनाइएन,’ अध्यक्ष नेपालले भने, ‘अनि संविधान संशोधन गर्ने नाममा एउटा अर्को गठबन्धन ल्याइयो । अब त संशोधन होला भनेको, ०८७ मा संशोधन गर्ने कुरा फेरि सुरु भयो । ०८७ सम्म यही प्रधानमन्त्री टिक्ने हो कि, बस्ने हो कि ?’

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ४ : ०४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार